काठमाडौं । माछापुच्छ्रे बैंकले नेपालमा नै पहिलो पटक ‘वी च्याट वालेट’ भुक्तानी सेवा भित्र्याएको छ । बैंकले नयाँ प्रविधिहरु भित्र्याउन आफूहरु अग्रसर रहँदै आएको भन्दै नेपालमा आउने चिनिया पर्यटकहरुलाई लक्षित गर्दै यो वी च्याट वालेटबाट हुने भुक्तानी स्वीकार गर्न यो सेवा शुभारम्भ गरेको जनाएको छ ।
यो सम्झौतापछि नेपाल आउने पर्यटकहरुले माछापुच्छ्रे बैंकसँग आबद्ध मर्चेन्टहरुबाट वस्तु तथा सेवा खरीद गरेवापत भुक्तानी गर्नुपर्ने रकम क्यूआर कोड स्क्यान गरि वी च्याटबाट भुक्तानी गर्न सकिने छ । माछापुच्छ्रे बैंकले फष्ट पे टेक्नोलोजी प्रा.लि.सँगको सहकार्यमा यो सेवा सञ्चालनमा ल्याएको जनाएको छ ।
बैंकले १५९ शाखाहरु, १३४ शाखारहित बैकिङ सेवा, १९८ एटीएम तथा एक हजारभन्दा बढी पिओएसमार्फत ग्राहकलाई बैंकिङ सेवा दिँदै आएको छ ।