डिशहोमको फाइबरनेट काठमाडौंका विभिन्न स्थानमा विस्तार सुरु

Advertisement

काठमाडौं । डिशहोम मिडिया नेटवर्कले सुरु गरेको फाइबरनेट सेवा काठमाडौं उपत्यकाको भैंसेपाटी, बुङमती, नयाँ बानेश्वर, तिनकुने, चाबहिल, कप्पन, बौद्ध, जोरपाटी क्षेत्रमा विस्तार सुरु भएको छ । 

डिशहोमका नियमित उपभोक्ताका साथै अन्य उपभोक्ताले उक्त क्षेत्रमा विशेष सहुलियतमा डिशहोम फाइबरनेट जडान गर्न सक्नेछन् । नजिकको डिशहोम डिलर दाईमार्फत वा ९८०१५४४००० मा सम्पर्क गरी यो सेवा लिन सकिने छ । 

Advertisement

विगत १० बर्षदेखि डीटीएच प्रविधिमा आधारितको टेलिभिजन सेवापछि इन्टरनेट सेवा सुरु गरेको डिशहोमले आफ्ना नियमित ग्राहकका लागि ‘विथ डिशहोम फाइबरनेट’ भन्दै कम्बो प्याकेज ल्याएको छ भने अरु नयाँ ग्राहकहरुलाई लक्षित गरेर आकर्षक दररेट तथा सुविधामा इन्टरनेट जडान गर्न सकिने योजना ल्याएको छ । 

तीब्र गतिको डिसहोम फाइबरनेट भरपर्दो, उत्कृष्ट मूल्य, नियमितता हुनुका साथै तुरुन्त सेवा प्राप्त गर्न सकिन्छ । डिशहोमको फाइबरनेटमा डिशहोम र सिम टिभीका ग्राहकले बार्षिक भुक्तानी गर्दा मासिक जम्मा ८३५ रुपियाँमा २५ एमबीपीएस इन्टरनेट प्रयोग गर्न सकिन्छ । सोही सेवा मासिक भुक्तानी गर्दा एक हजार एक सय रुपियाँ तिर्नुपर्ने हुन्छ । 

साथै, कम्बो प्याकेजको ४० एमबीपीएस इन्टरनेट मासिक एक हजार ४५० रुपियाँ भुक्तानीमा प्रयोग गर्न सकिन्छ । डिशहोम र सिम टिभीका ग्राहकबाहेक अन्यले पनि सोही मूल्यमा यो सेवा लिन सक्ने सुविधा कम्पनीले प्रदान गरेको छ । इन्टरनेट जडान गर्दा कुनै पनि शुल्क लाग्दैन् । डिशहोमका १५ लाख सक्रिय ग्राहक छन् भने यसै कम्पनीको लगानी रहेको सिम टिभीका तीन लाख ग्राहक छन् । 

डिशहोमले पहिलो चरणमा काठमाडौं उपत्यकाको भैंसेपाटी, बुङमती, नयाँ बानेश्वर, तिनकुने, चाबहिल, कप्पन, बौद्ध, जोरपाटी क्षेत्रमा विस्तार गर्न सुरु गरेको हो । छ महिनाभित्र काठमाडौंका सबै ग्राहकसम्म यसलाई विस्तार गर्ने योजना छ । काठमाडौं बाहिर पनि तीन महिनाभित्र खास खास शहरमा र एक बर्षभित्र मुलुकभर फाइबरनेट सेवा विस्तार गर्ने कम्पनीको योजना छ ।

Advertisement

Advertisement