छाङरु पुग्ने घोडेटो बाटोको ट्र्याक बल्ल खुल्यो, लिम्पियाधुरा पुग्ने कहिले हो ?

Advertisement

दार्चुला । नेपाली सेनाले व्यास जोड्ने घाटीबगर–छाङरु घोडेटो बाटोको ट्र्याक खोलेको छ । दार्चुलाको व्यास गाउँपालिका–१ घाटीबगरस्थित मौर्‍याभीरमा खसेको पहिरोले एक वर्षदेखि  उक्त बाटो बन्द थियो । बाटो खुलेपछि व्यास–१ स्थित छाङरु र टिंकरका बासिन्दालाई सदरमुकाम खलंगा आउजाउ गर्न भारतीय बाटो प्रयोग गर्नुपर्ने बाध्यता हटेको छ  ।

सेनाले गत जेठ ९ गते ट्र्याक खोल्न सुरु गरेको थियो । असारमै ट्र्याक खोल्ने लक्ष्य लिए पनि प्रतिकूल मौसम, कडा चट्टानी भूगोल र निर्माण सामग्री ढुवानीमा समय लागेकाले ढिलाइ भएको सेनाले जनाएको छ ।

Advertisement

घाटीबगरको कडा चट्टानी भूभाग फोडेर साढे ५ सय मिटर लम्बाइको ट्र्याक खोलिएको सैनिक प्रवक्ता सन्तोषबल्लभ पौडेलले जानकारी दिए । ‘दुई मिटर चौडा बाटोको ट्र्याक खोलिसकिएको छ । उक्त क्षेत्रमा बाटो सफाइ गर्ने कार्य चालु छ,’ उनले भने, ‘बाटो सम्याउन तीनरचार दिन लाग्न सक्छ ।’ केही दिनमै स्थानीयस्तरमा घोडेटो बाटो हस्तान्तरण गरिने उनको भनाइ छ ।

कान्तिपुर दैनिकबाट ।

Advertisement

Advertisement