हङकङको विमान कम्पनीले कटौती गर्यो ८ हजार ५०० रोजगारी

हङकङ । हङकङको विमान कम्पनी क्याथी प्यासिफिक एयरवेजले आठ हजार ५०० रोजगारी कटौती गर्न लागिएको जनाएको छ । 

कोरोनाभाइरसको महामारीका कारण विमान सेवा सञ्चालन गर्न नसकिएकाले कर्मचारीहरुलाई राखिरहन पनि नसकिने भएकाले कटौती गर्न लागिएको कम्पनीका अधिकारीहरुले जानकारी दिएका छन् । 

रोजगारीबाट हटाउन लागिएका कर्मचारीहरु मध्ये पाँच हजार तीन सय जना हङ्कङमै रहेर काम गर्नेहरु परेका छन् । त्यस बाहेक अरु छ सय जना अन्य ठाउँमा रहेका कर्मचारीहरुलाई कटौती गर्न लागिएको कम्पनीको भनाई छ । अरु दुई हजार छ सय पद भने पहिलेदेखि नै खाली रहेको थियो । 

कम्पनीको कुल रोजगारीको २४ प्रतिशत रोजगारी कटौती भएको कम्पनीद्वारा जारी वक्तव्यमा उल्लेख गरिएको छ । रासस÷एपी