नेप्से परिसूचक २३ सय अंक माथि, जलविद्युत बाहेक अरु सबै समूहमा हरियाली

Advertisement

काठमाडौँ । साताको पहिलो दिन आज शेयर बजारमा उत्साह छाएको छ । 

Advertisement

नेपाल स्टक एक्सचेञ्ज लिमिटेड(नेप्से) का अनुसार आज २८.४६ अंकले बजार बढेको हो । १.२४ प्रतिशतले बजार बढ्दा नेप्से परिसूचक १३१५.०० अंकमा उक्लिएको छ । 

आज २०८ कम्पनीका १ करोड ५० लाख ३५ हजार  २ सय २१ कित्ता शेयर किनबेच हुँदा ६ अर्ब ३७ करोड ४२ लाख ६७ हजार ७ सय ८२ रुपियाँ बराबरको करोबार भयो । 

जलविद्युत समूह बाहेक अरु सबै समूहमा आज हरियाली छाएको छ । 

नेप्सेका अनुसार आज साल्ट ट्रेडिङ कम्पनीका शेयरधनीहरुले सबैभन्दा बढी १० प्रतिशत नाफा कमाएका छन् भने अरु १५ कम्पनीका शेयरधनीहरुले ९ प्रतिशत भन्दा बढी नाफा कमाए । 

युनाइटेड फाइनान्स लिमिटेडका शेयरधनीहरुले सबैभन्दा बढी ५.७१ अंकले घाटा व्यहोरेका छन् । आज सबैभन्दा बढी नेपाल टेलिकमको शेयर किनबेच भएको छ । टेलिकमको ५८ करोड १० लाख १२ हजार ६६ रुपियाँ बराबरको कारोबार भएको नेप्सेले जनाएको छ । 

Advertisement

Advertisement