ग्रीनलाइफ हाइड्रोलाई ३४ लाख ९६ हजार कित्ता आईपीओ निष्काशन गर्न सेबोनले दियो स्वीकृति

Advertisement

काठमाडौँ । ग्रीनलाइफ हाइड्रोपावर लिमिटेडले ३४ लाख ९६ हजार ४ सय कित्ता साधारण शेयर(आईपीओ) निष्काशन गर्ने अनुमति पाएको छ । 

नेपाल धितोपत्र बोर्ड(सेबोन)ले माघ २ गते उक्त कम्पनीलाई ३४ करोड ९६ लाख ४० हजार रुपियाँ बराबरको आईपीओ निष्काशन गर्ने अनुमति दिएको आज सार्वजनिक तथ्याङ्कमा उल्लेख छ । 

Advertisement

आयोजना प्रभावित स्थानीयको लागि निष्काशन खुल्ला भएको १८ लाख कित्ता मध्ये बिक्री नभएको १६ लाख ९६ हजार ४ सय कित्ता समेत जोडेर उक्त परिमाणको आईपीओ निष्काशन गर्न स्वीकृति प्राप्त भएको धितोपत्र बिक्री प्रबन्धक बीओके क्यापिटल मार्केटले जनाएको छ । 

ग्रीनलाईफले दोलखाको मार्बु गाविसमा ४० मेगावाटको खानिखोला १ जलविद्युत आयोजना निर्माण गरिरहेको छ। सो आयोजना निर्माणको काम अन्तिम चरणमा पुगेको कम्पनीले जनाएको छ । 

Advertisement

Advertisement