ओलीले संविधान विघटन गर्दा मेरो दिल ‘गार्डेन गार्डेन’ भएको छः अरुण सुवेदी

Advertisement

काठमाडौं । विश्लेषक एवं व्यवसायी अरुणकुमार सुवेदीले प्रधानमन्त्री केपी ओलीसँग दुई वटा मात्रै विकल्प रहेको बताउँदै कि ओलीले आत्मसमर्थण गर्दै राजीनामा दिनुपर्ने नभए प्रणाली परिवर्तन गर्ने बताएका छन् । 

एपीवान टेलिभिजनको एक कार्यक्रममा बोल्दै उनले प्रधानमन्त्री केपी ओलीले संविधान विघटन गर्दा मेरो दिल ‘गार्डेन गार्डेन भएको छ भन्दै ओलीको लागि उपयुक्त विकल्प अहिले प्रणाली विस्थापन नै हो भने । संसद विघटन अहिलेको पद्दती विघटनको शुभारम्भ भएको बताउँदै उनबाट आफू खुशी भएको बताए ।  

Advertisement

विश्लेषक सुवेदीले बेलायतबाट सुरु भएको संवैधानिक व्यवस्थालाई अपनाएर त्यसको मुलभूत सिद्धान्तलाई उपेक्षा गर्ने काम अहिलेको संविधानमा भएको तर्क गरे । प्रधानमन्त्री केपी ओलीले आफूले तीन बर्ष अगाडि लिएको सपना पूरा गर्न पनि अहिलेको पद्दतीलाई बाधकको रुपमा देखेको उनले दाबी गरे । 

सुरुमै नेताहरुले प्रतिक्रियात्मक र उत्तेजनात्मक कुराहरुलाई प्रतिष्ठाको विषय बनाएर जसरी संविधान निर्माण गरे, त्यसले मुलुकको आर्थिक रुपान्तरण, जनताको संवृद्धिको आशा र मुलुकको राजनीतिक मुद्दाहरुलाई सम्बोधन गर्न सक्दैन भनेर आफूले त्यतिबेला नै भनेको सुनाउँदै सुवेदीले नेपाली काँग्रेसलाई आफ्नो मृत्युपत्रमा हस्ताक्षर नगर भनेर सल्लाह दिँदा पनि उसले नमानेको बताए । 

सुवेदीले अहिलेको संविधानले नेपालको साँस्कृतिक पहिचानमाथि धावा बोलेकाले यो संविधान टिक्न नसक्ने तर्क गरे । साथै, यसले मुलुकको सार्वभौमसत्तालाई पनि दुर्घटनामा पार्नसक्ने र यो संविधान छिमेकद्रोही पनि रहेको उनको भनाई छ । यो संविधानले छिमेकलाई चैनसँग बस्न नदिने सुवेदीले बताए । 

भिडियोः 

Advertisement

Advertisement