दिल्लीबाट खुशी हुँदै फर्किएका बाबुरामको प्रस्ताव– सहमति गरेर चुनावी सरकार बनाऔं

Advertisement

काठमाडौं । स्वास्थ्योपचारका नाममा नयाँ दिल्ली गएका बुबुराम मंगलबार काठमाडौं फर्किएलगत्तै राजनीतिक सहमतिमा चुनावी सरकार बनाउने प्रस्ताव अघि सारेका छन् । 

दिल्ली गएपछि भावी प्रधानमन्त्रीको एउटा उम्मेदवारका रुपमा हेरिएका बुबुरामले सामाजिक सञ्जालमा लेख्दै सहमतिमा चुनावी सरकारको प्रस्ताव गरेका हुन् । खुशी हुँदै राजनीतिक अन्योलताको निकासका लागि नयाँ अस्त्र प्रस्तुत गरेका बाबुरामले देशको स्वास्थ्यले आफूलाई गम्भीर बनाएको उल्लेख गरेका छन् । 

Advertisement

सामाजिक सञ्जालमा उनी लेख्छन्, ‘दश दिनको प्रवासपछि स्वदेश फर्कदा आफ्नोभन्दा देशको स्वास्थ्यले गम्भीर बनायो । यसो गरौं नः १. अहिलेको समस्याको जरो २०६५–६६पछि भत्केको राजनीतिक सहमति हो ! बाटो बिराए पुरानै ठाउॅमा फर्कनू भने झैं एक पटक ँयचनष्खभ७ँयचनभतको स्पिरिटमा राजनीतिक सहमति गरेर चुनावी सरकार निर्माणसंगै यी काम गरौंः 

अ) टीआरसी (सत्य निरुपण तथा मेलमिलाप आयोग) लगायत शान्तिप्रक्रियाका बॉकी काम पूरा गरौं, आ) सहमतिले संविधान संशोधन गरौं, इ) संवैधानिक अंगहरूलाई निष्पक्ष बनाएर सुशासन दिऊॅ, ई) समावेसी समृद्धिको वृहद गुरूयोजना बनाएर कार्यान्वयन गरौं, उ) विश्व–छिमेकमा बदलिदो भूराजनीतिलाई ध्यान दिंदै मुख्यतस्ः भारत–चीन–अमेरिकासंग असल सम्बन्ध बनाऊॅ !’

Advertisement

Advertisement