Advertisement

काठमाडौं उपत्यकाभित्र थ्रुप्रै शैक्षिक संस्थाहरु छन् । तर, नाम लिने क्रममा संख्याको मात्रै याद अगाडि आउँछ । त्यसमा एउटा सेन्ट लरेन्स पनि हो । अनुशासन र अध्यापन शैलीमा आफ्नो पहिचान बनाउन सफल भएको सेन्ट लरेन्स र यसको सहायक संस्था त्रि–शक्ति स्कुल अहिले धेरै विद्यार्थी र अभिभावकको रुचीमा परेको छ । कोरोना कहरमा पनि अध्ययन अध्ययापन कार्यलाई व्यवस्थितरुपमा अघि बढाउन सफल भएकाले पनि सेन्ट लरेन्सप्रति धेरै अभिभावकहरु खुसी छन् । चावहिलस्थित यस कलेजका संस्थापक केशवप्रसाद दंगालसँग गरिएको कुराकानीको केही अंशः 

यो कलेज कहिलेबाट सञ्चालनमा आएको हो ? 
सेन्ट लरेन्ज कलेज २०५३ सालमा स्थापना भएको कलेज हो । हामीले यस क्याम्पस र स्कुलमा प्ले ग्रुपदेखि पल्स–टू र मास्टरसम्मको कोर्सहरु सञ्चालन गरिहेका छौं । यस संस्थामा पल्स–टूमा बिज्ञान, कानुन, व्यवस्थापन र मानविकीका कोर्सहरु संञ्चालनमा रहेका छन् ।

Advertisement

 कलेजमा ब्याचलरमा हामीले कम्प्युटर विज्ञान र सूचना प्रविधि (बीएससी सीएसआईटी), बीसीए, बीबीएस, स्नातक तहमा बीए बीएसडब्ल्यु स्नातकको अध्यापन गराउँदै आएका छौं । यता मास्टरमा एमबीएसको अध्यापन गराउँदै आएका छौं ।  हाम्रो कलेज तथा स्कुल त्रिभुवन विश्वविद्यालयको मान्यताअन्तर्गत पर्दछ । 

कोरोना महामारीले गर्दा धेरै विद्यार्थी तथा अभिभावकहरु फि तिर्नै नसक्ने अवस्थामा पुगेका छन् । उनीहरुलाई के कस्ता सुविधाहरु दिनुभयो ? 
हामीले कोरोना महामारीको समयमा सञ्चालन गरेको अनलाइन कक्षामा केही प्रतिशत छुट दिएर पढाएका थियौं । हामीले अहिले पनि ब्याचलरको बिद्यार्थी भर्ना पनि ५० प्रतिशत छुट दिएर गरिरहेका छौं । 

विद्यार्थीले सेन्ट लरेज कलेज नै किन रोज्ने ? के छन् तपाईंका विशेषताहरु ?
सेन्ट लरेज कलेज भन्ने बित्तिकै काठमाडौंको अब्बल कलेज भनेर चिनिन्छ । हाम्रोमा गुणस्तरी शिक्षा छ । हामीले बिद्यार्थीहरुलाई पनि अनुशासनमा राखेर अध्ययन गर्नमा केन्द्रित गरिरहेका छौं । पूराना विद्यार्थीलाई हाम्रो कलेको बारेमा राम्रो जानकारी छ । उहाँहरुले बुझ्नु हुन्छ । हाम्रो कलेजको अर्को महत्वपूर्ण बिषेशता भनेको अनुशासनमा पनि अब्बल कलेज हो ।  

तपाईं बिद्यालय तथा स्कुलमा पढेर गएका बिद्यार्थीदेखि तपाईं सन्तुष्ट हुनुहुन्छ ?
सन्तुष्ट छु । हाम्रो कजेलबाट पढेर गएका विद्यार्थीहरु विभिन्न उच्च ठाउँमा छन् । राम्रो काम गरिरहेका छन् । हाम्रोबाट पढेर गएका विद्यार्थी हरेक कुराको सहयोग र सुझाव लिन आउने गर्दछन् । हामीले उनीहरुलाई सल्लाह सुझाव दिएर पठाउने गरेका छौं । 

यो कलेजबाट बार्षिक कति प्रतिशत विद्यार्थी पासआउट भएर जान्छन् ?
जिपिए ग्रेडिङ प्रणाली आइसकेपछि हाम्रो कलेज तथा स्कुलबाट कुनै पनि बिषयमा पढ्न योग्य नहुने भन्ने छैन् । तर पहिलाको तथ्यांक हेर्दा हाम्रो कलेजबाट   प्रतिशत कै आभारमा यति प्रतिशत भन्ने हो भने लगभग ८५ देखि ९५ प्रतिशतसम्म बिद्यार्थीहरु वर्षेनी पास हुने गरेका छन् । अहिले समाजमा बिद्यार्थी पढ्को लागि बिदेश जाने लहर नै चलेको छ । यसकारण भर्ना हुन आएकामध्ये धेरैले कक्षा नै छाडेर जानेक्रम बढ्दो छ । जति कलेजमा दैनिक पढ्न आएका छन्, त्यस्ता बिद्यार्थी फेल हुनेक्रम एकदमै न्युन छ हाम्रो कलेजमा । हाम्रो रिजल्ट भनेको बिएसडब्लूमा १०० प्रतिशत छ । बीबीएसको ८५ देखि ९५ प्रतिशतसम्म पास हुने गरेका छन् । आईटी क्षेत्रमा ९५ प्रतिशत भन्दा धेरै छन् । 

बाँकी कुराकानी भिडियोमाः 
 

Advertisement

Advertisement