कतारी रियाल छ ? सटही गरिहाल्नु, पछि चल्दैन्ः राष्ट्र बैंक

Advertisement

काठमाडौं । नेपाल राष्ट्र बैंकले हाल चलनचल्तीमा रहेका कतारी रियाल वैशाख २७ गतेभित्र सटही गरिसक्न आग्रह गरेको छ । राष्ट्र बैंकले मंगलबार सूचना जारी गर्दै हाल चलनचल्तीमा रहेका कतारी रियाल २७ वैशाखभित्र सटही गरिसक्न भनेको हो । 

कतारको राष्ट्र बैंकले उक्त नोटहरु आगामी जुलाई १ अर्थात असार १७ गतेबाट नचल्ने निर्णय गरेको छ । सोही कारण नेपालमा पनि वैशाख २७ गतेभित्र कतारी रियाल सटही गरिसक्न सुचित गरिएको हो । 

Advertisement

कतारको केन्द्रीय बैंकले चौथो संस्करणका कतारी रियाल नोटहरू चलनचल्तीबाट हटाएर नयाँ नोट प्रचलनमा ल्याउन लागेको हो । कतारमा चार लाखभन्दा बढि नेपाली कामदारहरू कार्यरत रहेका छन् भने ठूलो संख्यामा व्यवसाय गरेर बस्ने पनि छन् ।

Advertisement

Advertisement