वित्तीय ग्राहकको हित संरक्षण गर्दै राष्ट्र बैंक, अनलाइनबाटै गुनासो सुनुवाईको व्यवस्था

Advertisement

काठमाडौं । नेपाल राष्ट्र बैंकले वित्तीय ग्राहक संरक्षणमा सक्रियता बढाएको छ । राष्ट्र बैंकले वित्तीय ग्राहकको हित संरक्षणकै लागि गुनासो दर्ता गर्ने र सुनुवाइको जानकारी दिने व्यवस्था अनलाइनबाटै मिलाएको छ । यसका लागि राष्ट्र बैंकले ग्राहकको गुनासो सम्बोधन गर्ने गरी नयाँ वेबसाइट नै सुरु गरेको छ । नेपाल राष्ट्र र्बैकबाट इजाजतपत्र/अनुमति प्राप्त वित्तीय मध्यस्थता सेवा प्रदान गरिरहेका बैंक तथा वित्तीय संस्था र विभिन्न प्रकारका संस्था/एजेन्टले ग्राहकसँग साक्षतकार गर्न यो वेब पोर्टल सुरु गरेको हो ।

वित्तीय संस्थाहरूले ग्राहकसँग निष्पक्ष, विश्वसनीय र पारदर्शी ढंगबाट बैंकिङ क्षेत्रको व्यवसायिक मूल्य  तथा  मान्यता एवं नीति निर्देशनको अधीनमा रहेर ग्राहकको हितलाई प्राथमिकता दिनुपर्ने छ । यसैका लागि वित्तीय मध्यस्थता सेवा प्रदान गर्नेरगराउने कार्यको सुनिश्चितता गरी वित्तीय ग्राहकको हित संरक्षण गर्न यस र्पोटल निर्माण गरिएको नेपाल राष्ट्र बैंकले जानकारी दिएको छ ।

Advertisement

राष्ट्र बैंकले http://gunaso.nrb.org.np मार्फत ग्राहकले गुनासो दर्ता गर्न पाउने व्यवस्था गरेको छ । ग्राहकले गुनासो दर्ता गर्ने, दर्ता भएको जानकारी र दर्ता नम्बर इमेलमार्फत पाउने, दर्तानम्बरबाटै गुनासोको स्थिति थाहा पाउने, दर्ता भएको गुनासोको अन्तिम निर्णय इनमेलमार्फत जानकारी गराउने व्यवस्था पनि गरेको छ ।

वित्तीय ग्राहक संरक्षणको उद्देश्य
वित्तीय मध्यस्थता सेवा प्रदान गर्न यस बैंकबाट इजाजतपत्ररअनुमति प्राप्त वित्तीय सेवा प्रदायकले प्रचलित कानुन तथा यस बैंकबाट जारी गरिएका निर्देशन, परिपत्र, सूचनाको अधिनमा रहेर सबै प्रकारका ग्राहकलाई वित्तीय ग्राहक सेवा दिनुपर्ने छ ।

ग्राहकलाई निष्पक्ष, विश्वसनीय र पारदर्शी वित्तीय  मध्यस्थता सेवा प्रवाहको सुनिश्चितता प्रदान गरी ग्राहकलाई कुनै किसिमको मर्का पर्न नदिने यसको उद्देश्य रहेको छ । ग्राहकलाई कुनै पनि प्रकारको मर्का पर्न गएमा सोको समुचित सुनुवाई गरी उचित व्यवस्थापन गर्नु वित्तीय ग्राहक संरक्षणको प्रमुख उद्देश्य हुनेछ । वित्तीय ग्राहक संरक्षण एवं गुनासो व्यवस्थापन कार्यविधिले तय गरेको उद्देश्य अनुसार काम गर्नुपर्ने छ ।

यस्तो उद्देश्यमा वित्तीय ग्राहकलाई वित्तीय सेवा प्रदायकबाट हुने असहयोग, ढिलासुस्ती, बेवास्ता, पक्षपात, गैर जिम्मेबारी, लापरवाही, झुठो, गलत सूचना संप्रेषण, अपारदर्शी कारोबार जस्ता नकारात्मक व्यवहारलाई न्यूनीकरण गर्ने उल्लेख छ ।

वित्तीय सेवा प्रदायकले आफूले प्रदान गर्ने सेवा सम्बन्धमा न्यूनतम मापदण्ड  पूरा गरी वित्तीय ग्राहकलाई निष्पक्ष र समान वित्तीय मध्यस्थता सेवा प्रदान वा प्राप्त गर्न वा गराउन प्रोत्साहन गरिने छ । वित्तीय ग्राहकलाई वित्तीय सेवा प्रदायकवाट नीति निर्देशन विपरीत निक्षेप संकलन, कर्जा प्रवाह, कर्जा असुली लगायत अन्य वित्तीय मध्यस्थता सेवा प्रवाहमा गरिने विभेद तथा क्षतिलाई न्यूनीकरण गरिने पनि उल्लेख छ । वित्तीय कारोवार गर्ने ग्राहकको मनोबल उच्च राखी वित्तीय क्षेत्र प्रतिको विश्वास कायम राख्ने छ ।

वित्तीय ग्राहक संरक्षण तथा गुनासो व्यवस्थापनका सम्बन्धमा यस बैंकको क्षेत्राधिकार भित्र पर्ने कानुन, नीति, निर्देशन, कार्यविधि सम्बन्धमा गर्नुपर्ने सुधारको बारेमा गभर्नरलाई जानकारी गराउनुपर्ने छ ।

गुनासो सुनुवाई प्रक्रियालाई सहज र पारदर्शी बनाउने, वित्तीय ग्राहक संरक्षण तथा गुनासो व्यवस्थापनका सम्बन्धमा यस बैंकको क्षेत्राधिकार भित्र पर्ने कानुन, नीति, निर्देशन, कार्यविधि सम्बन्धमा गर्नुपर्ने सुधारको बारेमा गभर्नरलाई जानकारी गराउनुपर्ने छ ।  वित्तीय ग्राहक संरक्षण तथा गुनासो व्यवस्थापनका सम्बन्धमा यस बैंकको क्षेत्राधिकार भित्र पर्ने कानुन, नीति, निर्देशन, कार्यविधि सम्बन्धमा गर्नुपर्ने सुधारको बारेमा गभर्नरलाई जानकारी गराउने व्यवस्था पनि तय गरेको छ ।

सका लागि नेपाल राष्ट्र बैंकबाट इजाजतपत्र वा अनुमति लिई कारोवार गरिरहेका वा गर्ने वित्तीय सेवा प्रदायक तथा सम्पुर्ण वित्तीय मध्यस्थता सेवा तथा यस बैंकको क्षेत्राधिकारमा पर्ने अन्य विषयवस्तु यस कार्यविधिको दायरा भित्र  पर्नुपर्ने व्यवस्था पनि उल्लेख गरेको छ ।

वित्तीय मध्यस्थता सेवा प्रति सर्वसाधारणको विश्वास तथा पहुँच बृद्धि गर्ने उद्देश्यले वित्तीय सेवा प्रदायक र वित्तीय ग्राहक बिचको सम्बन्धलाई देहाय बमोजिमका सिद्धान्तले निर्देशित गरेको हुनुपर्नेछ  । वित्तीय ग्राहकको हित संरक्षण, समान व्यवहार, खुलासा (डिस्क्लोजर), पारदर्शिता (ट्रान्सपरेन्सी), जवाफदेहिता, गुनासो सुनुवाई एवं विवाद समाधान यसको मूख्य सिद्धान्त तय गरिएको पनि राष्ट्र बैंकले जानकारी दिएको छ ।


 

Advertisement

Advertisement