युनाइटेड इन्स्योरेन्सको नाफा लगायत सबै सूचक उत्साहजनक

Advertisement

काठमाडौं । युनाइटेड इन्स्योरेन्सले चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्मको वित्तीय विवरण सार्वजनिक गरेको छ । यस अवधिसम्म आउदा यस कम्पनीको खुद नाफामा आकर्षक बढोत्तरी भएको छ । 

कम्पनीको नाफा यसअवधिमा नाफा ३३५ दशमलव ५३ प्रतिशतले बढेर पाँच करोड २७ लाख रुपियाँ पुगेको छ । अघिल्लो वर्ष यसले एक करोड २१ लाख रुपियाँ नाफा कमाएको थियो । 

Advertisement

कम्पनीको खुद बिमा शुल्क ५३ दशमलव १७ प्रतिशतले बढेर ३७ करोड ८५ लाख रुपियाँ पुगेको छ । अघिल्लो वर्ष कम्पनीले २४ करोड ७१ लाख रुपियाँ मात्रै खुद बिमा शुल्क आर्जन गरेको थियो । 
 
यसले बिमा कोषको आकार पनि १२ दशमलव ५८ प्रतिशतले बढाएर ३३ करोड ३७ लाख रुपियाँ  पुर्याएको छ । अघिल्लो वर्ष बिमा कोषमा २९ करोड ६४ लाख रुपियाँ थियो । 

चैत मसान्तसम्ममा कम्पनीले १४ करोड ८६ लाख रुपियाँ कुल दाबी भुक्तानी गरेको छ । भुक्तानी हुन बाँकी रकम ६९ करोड १३ लाख रुपियाँ रहेको छ । 
 
चैत मसान्तसम्ममा संस्थाको प्रतिसेयर आम्दानी ५ रुपियाँ १३ पैसा र प्रतिसेयर नेटवर्थ १४४ रुपियाँ ०१ पैसा छ । चुक्ता पुँजी एक अर्ब दुई करोड ८१ लाख ६० हजार रुपियाँ छ । जगेडा कोषमा ११ करोड १८ लाख रुपियाँ रहेको छ ।

Advertisement

Advertisement