बजेटको मुखमा अर्थमन्त्री परिवर्तन नहुने

Advertisement

काठमाडौं । कोरोना महामारीकाबीच सरकारले बजेट निर्माणको तयारी गरिरहेको अवस्थामा अर्थमन्त्रीमा भने पुनः विष्णुप्रसाद पौडेलले नै निरन्तरता पाउने संभावना देखिएको छ । आज शुक्रबार २ बज प्रधानमन्त्री केपी शर्मा ओलीले पुनः प्रधानमन्त्रीको सपथ लिँदै छन् । ओली प्रधानमन्त्री नियुक्त भएसँगै पुनः नयाँ मन्त्रीहरू पनि नियुक्त हुने छन् । अधिकांश मन्त्रीले पुनः सपथ लिने भएका छन् भने केही नयाँ अनुहार पनि मन्त्री बन्ने भएका छन् । माधव नेपाल समूहका नेता मन्त्री बन्ने भएपनि ओली समूहका केही मन्त्री बाहिरिने छन् ।

मन्त्रिपरिषद् नयाँ गठन हुँदा बजेटको तयारी भइरहेको र संवैधानिक व्यवस्था अनुसार अबको १५ दिन अर्थात १५ जेठमै बजेट ल्याउनुपर्ने भएकोले अर्थमन्त्रीमा भने विष्णु पौडेल नै पुनः नियुक्त हुने ओलीका एक सल्लाहकारले बताए ।  उनले भने ‘अरु मन्त्रालयमा मन्त्रीको जिम्मेवारी हेरफेर हुन सक्छ तर अर्थमा भने पौडेले नै निरन्तरता पाउने छन् ।’ पौडेल प्रधानमन्त्री ओलीका विश्वासपात्र पनि हुन् भने उनले पाटी मलाउन महत्वपूर्ण भूमिका निर्वाह गरेका पनि छन् ।

Advertisement

उनले भने ‘आगामी आर्थिक वर्ष २०७८/७९ को बजेटको तयारी समेत भइरहेको छ ।’ पौडेलले अर्थ मन्त्रालयमा खटाएका टोलिबाट बजेट निर्माणको काम धमाधम अगाडि बढिरहेको छ । ओलीले पुनः प्रधानमन्त्री सपथ लिनासाथै नयाँ मन्त्रिपरिषद् गठन भइहाल्ने छ । अबको एक दुईदिन भित्रै आर्थिक सर्वेक्षणलाई अन्तिम रूप दिइने छ ।

आर्थिक सर्वेक्षण तयार पारेर अर्थ मन्त्रालयको प्रशासन महाशाखाले अन्तिम रूप दिने र छपाईको लागि तयार गर्ने कार्यतालिका नै वैशाख मसान्तसम्म रहेको बजेट निर्माणको कार्यतालिकामा उल्लेख छ । आगामी आर्थिक वर्ष २०७८÷७९ को नीति तथा कार्यक्रम पनि आउने गरी तयारी भइरहेको छ । बजेट आउन अझै १५ दिनको समय बाँकी छ ।

नियमित प्रक्रियामा जादाँ अब बजेट अधिवेशन बेलाउने र सरकारले नीति तथा कार्यक्रम पेश गर्ने हुन्छ । त्यसपछि सो कार्यक्रममाथि छलफल हुनुपर्ने हो । राजनीति नै फरक मोडमा गएकोले अब कसरी अगाडि बढ्छ भन्ने विषय नयाँ मन्त्रीपरिषद् गठन पनि मात्रै भन्न सकिने पनि अर्थ मन्त्रालयका अधिकारी बताउँछन् ।

प्रधानमन्त्री केपी शर्मा ओलीले २७ वैशाखमा विश्वासको मत गुमाएपछि राजनीति नयाँ तरंग आएको छ । माधन नेपाल समूहले साथ नदिँदा विश्वासको मत गुमाएका ओलीले उनकै साथ पाएर पुनः प्रधानमन्त्री बन्न सफल भए । प्रधानमन्त्रीले पुनः सपथ लिएपछि अब फेरि नयाँ मन्त्री थपिने, मन्त्रालयको जिम्मेवारी हेरफेर हुनसक्ने तथा केही मन्त्रीको पुनः सपथ हुने भएको छ ।
 

Advertisement

Advertisement