विगत तीन बर्षको सेयर बजारको शब्दचित्रः अनलाइन प्रयोगकर्ता बढेर आठ लाख पुगे

Advertisement

काठमाडौं । कोरोनाको महामारीका बीच गएको आर्थिक वर्षमा सेयर बजारमा उत्साहजनक कारोबार भएको छ । यस आर्थिक बर्षमा कारोबार रकम, बजार परिसूचक, लगानीकर्ताको सहभागितमा समेत सुधार भएको नेपाल स्टक एक्सचेन्ज लिमिटेड (नेप्से)को विवरणबाट देखिन्छ । 

नेप्सेका अनुसार गएको आर्थिक वर्षमा १४ खर्ब रुपियाँभन्दा बढीको सेयर कारोबार भएको छ । यस आवमा कुल १४ खर्ब ६० अर्ब रुपियाँ बराबरको सेयर किनबेच भएको छ । अघिल्लो आर्थिक वर्ष २०७६–७७ मा भने एक खर्ब ५५ अर्ब ७६ करोड रुपियाँको मात्रै कारोबार भएको थियो ।

Advertisement

गएको आवमा सेयर लगानीकर्ता तथा अनलाईन प्रयोगकर्ताको संख्या पनि बढेको छ । सेयर बजार परिसूचक नेप्से पनि गएको आवमा दुई हजार ८८३ दशमलव ३८ विन्दुमा पुगेको छ । अघिल्लो आवमा नेप्से परिसूचक एक हजार २६२ दशमलव ३५ विन्दुमा पुगेको थियो । गएको आवमा कारोबार सेयर संख्या ३८ करोड ७५ लाख ६ हजार रहेको छ भने सूचीकृत सेयर संख्या पाँच अर्ब ८२ करोड ६० लाख ४८ हजार रहेको छ ।

गएको आवमा बजार पूँजीकरण ४० खर्ब १० अर्ब ९५ करोड रुपियाँ पुगेको छ । सूचीकृत कम्पनीको संख्या २२० रहेको छ । जुन संख्या अघिल्लो आवमा २१२ रहेको थियो । गएको आवमा लगानीकर्ताको संख्या आठ लाख ७७ हजार २०३ पुगेको छ । हाल सेयर बजारमा अनलाईन माध्यमबाट सेयर कारोबार गर्नेको संख्या सात लाख ९१ हजार ९९३ रहेको पुगेको छ ।

 

Advertisement

Advertisement