थप २० स्थानमा शाखा कार्यालय खोल्दै नविल बैंक

Advertisement

काठमाडौं । नबिल बैंकले थप २० स्थानमा शाखा खोल्ने तयारी गरेको छ । बैंकले बिहीबार सुचना निकालेर २० स्थानमा शाखा कार्यालयका लागि भवन भाडामा लिन प्रस्ताव आव्हान गरेको छ । 

बाणिज्य बैंकहरूलाई मर्ज गर्न कसरत गरिरहेको नबिलले आफ्नो सञ्जाल विस्तारलाई जोड दिनु अर्थपूर्ण देखिन्छ । प्रस्ताविन स्थानको नामसहित ती स्थानका प्रमुख व्यापारिक तथा बजार क्षेत्रमा आठसय देखि एक हजार दुईसय वर्गफिट क्षेत्रफल भएको भईं तथा वा पहिलो तलाको भवन भाडामा खाजेको बैंकले इच्छुक घरधनीहरुलाई शिलबन्दी प्रस्ताव पेश गर्न आह्वान गरेको छ । 

Advertisement

भाडामा लिने भवनमा पानी, बिजुली तथा पार्किङको सुविधासहितको सुविधा हुनुपर्ने र बैंक सञ्चालन गर्न उपयुक्त हुनुपर्ने सुचनामा उल्लेख छ । 

Advertisement

Advertisement