भीष्म ढुंगाना र चन्द्र ढकाललाई निलम्बन गर्न धितोपत्र बोर्डको कर्मचारी युनियनको माग

Advertisement

काठमााडौं । नेपाल धितोपत्र बोर्ड कर्मचारी युनियनले सर्वोत्तम सिमेन्टको सेयर खरीद बिक्री प्रकरणमा धितोपत्र बोर्डका अध्यक्ष तथा सञ्चालकमाथि चाँडो भन्दा चाडो छानविन कार्य अगाडि बढाई दोषी देखिए हदैसम्मको कारवाही गर्न माग गरेको छ ।

युनियनले बोर्डका अध्यक्ष भीष्मराज ढंगाना तथा सञ्चालक चन्द्र ढकाललगायतले बुक विल्डिङमार्फत धितोपत्र जारी गर्ने प्रक्रियामा गएको सर्वोतम सिमेन्ट प्रा.लि.को सेयर खरिद गरेको बिषयमा छानबिन गर्न माग गरेको हो । युनियन काँग्रेसनिकट मानिन्छ । ढुंगाना आएपछि नेकपा एमाले निकट अर्को संगठन पनि सक्रिय भइरहेको छ । यस प्रकरणमा नेपाल स्टक एक्सचेन्ज लिमिटेड (नेप्से)का महाप्रवन्धक पनि मुछिएका छन् । 

Advertisement

धितोपत्र नियमन गर्ने निकायका जिम्मेवार अधिकारीबाटै शंकास्पद र अनैतिक तरिकाले आफ्नो परिवारका सदस्यको नाममा सेयर खरीद गरेको प्रमाण भेटिएपछि अहिले चौतर्फी आलोचना भइरहेको छ । सोही क्रममा बोर्डको कर्मचारी युनियनले यस प्रकरणको छानविन र दोषीलाई कारवाहीको माग गरेको छ । 

युनियनले विभिन्न संचार माध्यमबाट प्रकाशित समाचारहरु र सोही परिप्रेक्षमा अर्थ मन्त्रालयबाट बोर्डको नाममा लेखिएको पत्रका सम्बन्धमा सम्बन्धित व्यक्ति वा पदाधिकारीको व्यक्तिगत बिषयमा पूरै संस्थालाई मुछेर पत्र लेखिएकोमा पनि यूनियनले आपत्ति जनाएको छ । 

अध्यक्ष ढुंगानाले पदमा रहेर आफ्नो प्रतिष्ठा र बोर्डको गरिमालाई कायम राख्न नसकेकोले निलम्बन गर्नुपर्ने तर्क गरिएको छ । युनियनका अध्यक्ष राजुबहादुर जिसीले सेयर खरिद प्रकरणमा सञ्चालक चन्द्र ढकालसहित अन्य पनि मुछिएको हुनसक्ने भएकाले मुछिएका अध्यक्षसहित सबैलाई निलम्बन गरिनुपर्ने बताए । 

Advertisement

Advertisement