संविधान दिवसलाई ‘कालो दिवस’ भनेर नकार्न बाबुराम भट्टराईको आग्रह

Advertisement

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा)का नेता बाबुराम भट्टराईले आजको संविधान दिवसलाई ‘कालो दिवस’ भनेर नकार्न आग्रह गरेका छन् ।  विदेशीको षडयन्त्र र स्वार्थमा आएको भन्दै जनस्तरबाट अहिलेको संविधानप्रति वितृष्णा बढिरहेको बेला संविधान दिवसमा बाबुरामको यस्तो आग्रह गरेका हुन् । 

सामाजिक सञ्जालमा लेख्दै उनले अहिलेको संविधान अपूर्ण रहेको भन्दै यसको संशोधनमार्फत प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपतिलगायतका व्यवस्था गरेपछि हर्षबढाईं गरौंला भनेका छन् । 

Advertisement

बाबुरामले भनेलेका छन्ः 
संविधान दिवस (असोज ३)को तीतो सत्यः 
एकातिर, जनयुद्ध, जनआन्दोलन, मधेस विद्रोह, थारू विद्रोह, जनजाति आन्दोलन लगायत नेपाली जनताको सात दशकसम्मको वलिदानीपूर्ण संघर्षको बलमा निर्वाचित संविधानसभाबाट पहिलो पटक संघीय लोकतान्त्रिक गणतन्त्र संस्थागत गर्ने संविधान जारी भएको दिन हुनाले यसलाई ‘कालो दिन’ भनेर पूरै नकार्नु सही हैन् !

अर्कोतिर, बहुजातीय, बहुभाषिक मुलुकमा सबैको पहिचान र अधिकारसहितको संघीयता नहुनु, प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपति र पूर्ण समानुपातिक संसदसहितको शासकीय प्रणाली नहुनु, महिलालाई नागरिकतावारे संविधानमै विभेद हुनु आदिले संविधान संशोधनमार्फत यी कुरा नसच्याइएसम्म यो दिनमा धेरै हर्षबढाइॅ र उफ्रीपाप्री गर्नु पनि शोभनीय छैन् !

त्यसैले, हामीले शुरूदेखि नै यो संविधानलाई ‘आधा गिलास भरी,आधा गिलास खाली’ भनेका हौं ! अतः आधा गिलासको रक्षा गरौं र आधा गिलास भर्न संघर्ष जारी राखौं !

Advertisement

Advertisement