वाणिज्य बैंकहरूको निक्षेप भन्दा कर्जा २६ अर्बले बढी, कुन बैंकको अवस्था कस्तो ?

Advertisement

काठमाडौं । वाणिज्य बैंकहरूमा चालू आर्थिक वर्ष लागेदेखि निक्षेप घटेर कर्जा प्रवाह मात्रै बढिरहेको बेला दशैैंको महिना असोजसम्म आइपुग्दा पनि निक्षेपमा उल्लेख्य सुधार हुन सकेको छैन् । सञ्चालनमा रहेका २७ वटा वाणिज्य बैंकहरूले असोज महिनामा ९७ अर्ब रुपियाँले निक्षेप बढाउँदा कर्जा लगानी भने एक खर्ब २६ अर्ब रुपियाँले बढाएका छन् ।

नेपाल बैंकर्स संघले उपलब्ध गराएको असोजमसान्तसम्मको तथ्यांक अनुसार ४२ खर्ब ६८ अर्ब रुपियाँ निक्षेप संकलन गर्दा कर्जा प्रवाह भने ३९ खर्ब ९८ अर्ब पुराएका छन् । यस्तो तथ्यांक अनुुसार चालू आव लागेपछि घट्दै गएको निक्षेप संकलन असार मसान्तको तुलनमा भने ३० अर्ब रुपियाँले घटेको छ । कर्जा प्रवाह पनि असार मसान्तको तुलनामा असोजमा एक खर्ब ५१ अर्ब रुपियाँले बढेको देखिएको छ ।

Advertisement

निक्षेप संकलन घटेपनि ६ वटा वाणिज्य बैैंकहरूले भने निक्षेप संकलन असोजमा घटाएका भएपनि कर्जा प्रवाह भने बढाएका छन् । असोजमा निक्षेप संकलन घटाएका वाणिज्य बैंकहरूमा कृषि विकास बैंकको एक अर्ब ८९ करोड, सिटिजन बैंकको २ अर्ब ३२ करोड, सिभिल बैंकको ६४ करोड, एनआईसी एशियाको ३ अर्ब ४६ करोड, नेपाल एसबीआई बैंकको २७ करोड र स्ट्यार्डर्ड चार्टर बैंकको निक्षेप असोजमा ८४ करोडले घटेको छ ।

यी बैंकहरूको असोजमा निक्षेप घटेको भएपनि कर्जा प्रवाह भने बढाएरै बसेका छन् । असोजमा कर्जा प्रवाह घटाउनेमा एआईसी एशियाको ८८ करोड छ भने अन्य सबै बैंकहरूको बढेको देखिएको छ । असोजसम्मा बैंकहरूको सीडी रेसियो भने औसतमा ८८.७२ प्रतिशत रहेको उल्लेख छ ।

वाणिज्य बैंकहरूको असारको तुलनामा असोजमा संकलन भएको निक्षेप तथा प्रवाह भएको कर्जा विवरण ।

sn Bank Deposit asar Deposot asoj Landing asar Landing asoj
1 ADBNL 162.96 153.41 151.54 165.78
2 BOK 104.34 104.35 98.90 104.65
3 CENTURY 97.00 96.71 81.39 87.21
4 CITIZEN 143.00 145.60 123.64 132.75
5 CIVIL 90.34 94.59 83.04 86.10
6 EBL 160.84 164.48 134.95 144.07
7 GLOBAL 283.34 277.05 242.50 265.71
8 HBL 149.36 150.90 132.86 145.82
9 KUMARI 157.18 166.34 143.77 157.62
10 LAXMI 116.83 120.64 108.65 117.35
11 MBL 134.16 134.65 116.27 128.34
12 MEGA 145.28 148.27 141.12 144.93
13 NABIL 228.01 231.14 205.65 214.41
14 NBBL 89.38 80.14 71.17 74.54
15 NBL 163.55 173.61 144.95 157.58
16 NCC 110.77 122.20 99.91 114.30
17 NIBL 176.05 172.72 167.19 173.62
18 NIC 300.25 311.44 264.84 277.85
19 NMB 166.45 175.67 158.04 172.82
20 NSBL 106.22 107.84 101.58 109.29
21 PRABHU 169.73 168.34 142.26 145.92
22 PRIME 159.74 164.43 142.98 150.80
23 RBB 264.10 241.89 199.76 211.40
24 SANIMA 130.88 143.94 122.69 132.14
25 SBL 185.20 192.20 165.68 180.86
26 SCBNL 96.19 94.02 72.05 83.71
27 SUNRISE 110.24 132.08 103.37 118.65
  Industry Total/Avg 4,201.39 4,268.65 3,720.75 3998.22

Advertisement

Advertisement