पूर्वाधारमा लगानी नदोहोर्याउन सहप्रयोग नीति अगाडि सार्दै दूरसञ्चार प्राधिकरण, टेलिकम सकारात्मक

Advertisement

काठमाडौं । नेपाल टेलिकमले सहप्रयोग नीतिमा आफूहरू सकारात्मक रहे पनि प्रतिस्पर्धीले स्वार्थ बाझ्न भने नहुने बताएको छ । टेलिकमलाई पूर्वाधार आदान प्रदान गर्न समस्या छैन् तर टेलिकमले प्रतिस्पर्धीले सेवा बिस्तार गर्दा एउटै प्रकृतिको नभएर अर्को प्रकृतिको सेवा भने विस्तार गर्नुपर्ने तर्क टेलिकमका अधिकारले गरेका छन् ।  । एउटै सेवाका लागि दुईवटाले एउटै पूर्वाधारमा प्रतिस्पर्धा गर्नुभन्दा फरक प्रकृतिको सेवा दिनु उपयुक्त हुने टेलिकमका अधिकारीको भनाई  छ । 

पूर्वाधार सहप्रयोगको लागि नेपाल टेलिकमको सञ्चालक समितिबाट स्वीकृत पनि गरिसकेको छ । सहप्रयोगमा ट्रान्समिसन अप्टिकल फाइबर नेटवर्कसहितको एडीएसएस, अन्डरग्राउण्ड केबल पर्छन्  । यसलाई पालना गर्न टेलिकम भने सकारात्मक नै छ । टेलिकमले प्राविधिक रूपले र व्यवसायिक दृष्टिकोणले ग्राहकलाई उपलब्ध गराउन मिलेसम्म सहप्रयोग नीति पालना गर्ने जानकारी दिएको छ । पूर्वाधारको सहप्रयोग गर्न कार्यविधि बनाउनेसहितको भने गर्नुपर्ने टेलिकमका कर्मचारी नै बताउँछन् ।

Advertisement

सहप्रयोग नीतिको कार्यान्वयनमा भने ​टेलिकमले आफूले सेवा प्रदान गरेका स्थानमा अरु प्रतिस्पर्धीले सोही प्रकृतिको सेवा भने नराखेर फरक सेवा दिनुपर्ने तर्क गरेको छ । टेलिकमका प्रवक्ता राजेश जोशीले कर्पोरेट नेपालसँग भने, ‘नेपाल टेलिकमले दिएकोभन्दा भिन्न किसिमको सेवा दिंदा हामीलाई कुनै समस्या भएन ।’ जोशी भन्छन्, नेपाल टेलिकमले प्रदान गरिरहेको सेवा अन्य कम्पनीले पनि प्रदान गर्नु ठीक पनि होइन । उनले त्यसरी सेवा प्रवाह गर्दा त्यहाँ स्वार्थ बाझिने सम्भावना हुन्छ,’ उनले भने । 

यसलाई कार्यान्वयमा जान सेवा शर्तहरूसँग सम्बन्धित काजगपत्र तयार पार्ने काम बाँकी नै रहेको छ । उक्त काजगात तयार पारेसँगै सोही आधारमा आवश्यक मूल्य निर्धारण हुन्छ । अन्य सेवा प्रदायकले व्यवसायिक द्वन्द्व सिर्जना नगर्ने हिसावले मात्र काम गरे मात्रै सहप्रयोग नीति राम्रोसँग अघि बढ्न सक्ने बुझाई जोशीको छ ।

 नेपाल टेलिकमले पनि आफ्नो तर्फबाट सेवा विस्तारका कार्यको योजना बनाइरहेको छ । विभिन्न सिष्टमका लागि ग्राफ तथा नक्सा कोर्न आवश्यक हुन्छ । सोही अनुसार नै कार्यविधि बन्छ । आवश्यक प्रकिया पूरा गरेपछि प्राविधिक र व्यवसायिक रूपले काम गर्ने टेलिकमले जनाएको छ ।  

 लगानी नदोहोर्याउन सहप्रयोग नीति – प्राधिकरण

टेलिकम क्षेत्रको नियामक निकाय नेपाल दूरसञ्चार प्राधिकरणले सहप्रयोगका भने सहप्रयोगलाई लगानी, सेवा र सुविधा दिने तथा गुणस्तरीय सेवामा प्रतिस्पर्धा गर्न वाध्यात्मक बनाउने भएको छ । सहप्रयोगका आफ्नै फाइदाहरू रहेका छन् । यसबाट दूरसञ्चारका काम छिटो–छरितो हुने  र लगानी दोहोरो नपर्ने भएकोले पनि प्राधिकरणले सहप्रयोग नीतिमा जोड दिन खोजेको प्राधिकरणका प्रवक्ता सन्तोष पौडेलले बताउँछन् ।

कुनै एउटा कम्पनीले आफ्नो प्रयोगको लागि पूर्वाधार बनाएको हुन्छ । अब त्यो अर्को कम्पनीलाई दिन सक्ने नसक्ने विभिन्न कारणहरू पनि त्यसमा जोडिएर आउँछन् । कुनै पनि एउटा कम्पनीले पूर्वाधार बनाउँदा अर्को कम्पनीलाई दिन्छु भनेर योजना बनाएको पनि हुँदैन । त्यस सुरुमा त्यस किसिमको डाइमेनसनबाट अघि नबढेको अवस्थामा कम्पनीहररूले  तुरुन्तै सहकार्य गर्न केही कठिनाई पनि हुनसक्छ ।

पूर्वाधार सहप्रयोग नीतिको मूल उद्देश्य नै अरु सेवा प्रदायकलाई दिनु नै पर्ने हो । त्यसमा कतिवटा सेवा प्रदायकलाई दिन सकिन्छ र कतिवटालाई दिनु पर्ने हो , कतिवटालाई दिन सकिन्छ, त्यसलाई पहिले प्राविधिक रूपमै पत्ता लगाउन जरुरी हुन्छ । सोही अनुसारको उपकरणहरू आयात गर्नुपर्ने पनि हुनसक्ने प्राधिकरणका प्रवक्ता पौडेलले बताए 

Advertisement

Advertisement