निजी डेरी उद्योगहरुले दुधको मूल्य एकैपटक १० रुपियाँ बढाए

Advertisement

काठमाडौं । निजी क्षेत्रका डेरी उद्योगहरुले दुधको मूल्यमा एकै पटक प्रतिलिटर १० रुपियाँ बढाउने निर्णय गरेका छन् । पेट्रोलियम पदार्थको मूल्य वृद्धिसँगै उत्पादन तथा ढुवानी लागत बढेको भन्दै उनीहरुले दुधको चर्को मूल्य बढाउने निर्णय गरेका हुन् । 

शुक्रबार नेपाल डेरी एसोसियसन र डेरी उद्योग संघले संयुक्त पत्रकार सम्मेलन गर्दै दूधको प्रतिलिटर मूल्य १० रुपियाँले बढाएर ८६ रुपियाँ कायम गरेको जानकारी दिएका छन् । 

Advertisement

दुवै संगठनले सरकारी स्वामित्वको नेपाल दुग्ध विकास संस्थान (डीडीसी)ले बढाएको मूल्य आफूहरुलाई मान्य नरहेको भन्दै छुट्टै मूल्य कायम गरेका हुन् ।  डीडीसीले बिहीबार दुधको प्रतिलिटर मूल्य ७६ रुपियाँमा नौ रुपियाँ बढाएर ८५ रुपियाँ पुर्याउने निर्णय गरेको थियो । उक्त मूल्य आज शुक्रबारबाट लागू भइसकेको छ । 

Advertisement

Advertisement