अन्तर्राष्ट्रिय सगरमाथा दिवसमा आरोहीहरु सम्मानित

Advertisement

काठमाडौं । विश्वको सर्वोच्च शिखर सगरमाथा आरोहण गरेको ७१ वर्ष पुगेको अवसरमा आज मे २९ तारिख सगरमाथा दिवसका मनाइँदै छ । यस वर्ष अन्तर्राष्ट्रिय सगरमाथा दिवसको नारा ‘विश्वको सर्वोेच्च शिखर सगरमाथा, नेपालको पहिचान र गौरव’ रहेको छ । 

नेपालका तेन्जिङ नोर्गे शेर्पा र न्यूजिल्याण्डका एडमण्ड हिलारीले सन् १९५३ मे २९ तारिख अर्थात् आज कै दिन पहिलोपटक सगरमाथामा पाइला राखेका थिए । शेर्पा र हिलारीले पहिलोपटक सगरमाथामा आफ्नो पाइला राखेको स्मरण गर्दै सगरमाथा आरोहणको ७१औँ वर्ष पुगेको अवसरमा नेपाल पर्वतारोहण संघ (एनएमए) को मुख्य आयोजनामा प्रभातफेरी गरिएको हो ।

Advertisement

प्रभातफेरीमा ट्रेकिङ एजेन्सिज् एशोसिएसन अफ नेपाल (टान), नेपाल एशोसिएसन टुर एन्ड ट्राभल एजेन्ट्स (नाट्टा), ठमेल पर्यटन विकास परिषद् लगायतका विभिन्न पर्यटनसँग सम्बन्धित संघसंस्थाका अध्यक्ष एवं सदस्यहरुको सहभागिता रहेको थियो । 

प्रभातफेरि कार्यक्रमपछि प्रधानमन्त्री पुष्पकमल दाहाल र पर्यटनमन्त्री हितबहादुर तामाङको उपस्थितिमा पर्यटन विभागका महानिर्देशक रुद्रप्रसाद पण्डितको संयोजकत्वमा गठित पुरस्कार छनौट तथा सिफारिस समितिको सिफारिस तथा सस्कृति पर्यटन नागरिक उड्डयन मन्त्रालयको सोमबारको निर्णयानुसार ऐतिहासिक कीर्तिमानी व्यक्ति तथा आरोही, आरोहणदल र संस्थालाई पुरस्कार तथा सम्मान गरिएको छ । 

undefined

अन्तर्राष्ट्रिय सगरमाथा पुरस्कार
-लाक्पा सोनाम शेर्पा

तेन्जिङ्ग हिलारी पुरस्कार
-पेमा छिरिङ्ग शेर्पा 
-सुनिल सिंह राठौर    
-एकल महिला सगरमाथा आरोही फुर दिकी शेर्पा र निमा डोमा शेर्पा
आङ छिरी शेर्पा

रु. ७५,०००र राशिको बाबुराम आचार्य सगरमाथा पुरस्कार 
-नापी विभागका प्रमुख नापी अधिकृत खिमलाल गौतम 

कोशी प्रदेशको तर्फबाट सम्मान तथा पुरस्कार

कोशी प्रदेश सरकारको च. नं. १२३२, मिति २०८१।०२।०६ को पत्रानुसार आरोहण सहयोगी र उद्धारकर्ताहरु मध्ये ५ जनालाई जनही रु.२५,०००।– तथा प्रमाण पत्र सहित सम्मान ।
१) छिरिङ्ग धेन्दुक भोटे    
२) नरेन्द्र शाही
३) ग्याल्जे शेर्पा    
४) ल्हाक्पा डेण्डी शेर्पा

५) आङ्ग सर्की शेर्पा     

सम्मान, प्रमाणपत्र, ब्याच तथा सगरमाथा परिचयपत्र 
१) कामिरिता शेर्पा, ३० पटक सगरमाथा आरोहण गरेको ।
२) सन् २०२४ को वसन्त ऋतुमा सगरमाथाको दोस्रो शिविरदेखि चुचुरो सम्म डोरी टाँगी यस सिजनलाई सफल बनाउन अतुलनीय योगदान पुर्याएको डेन्डी शेर्पा (मिङमार ढोन्डुप) लगायतको १० जनाको टोली ।
३) फुन्जो झाङ्मुय लामा, १४ घण्टा ३१ मिनेटमा सगरमाथाको चुचुरोमा पुगेको र ९ घण्टा ५५ मिनेटमा बेस क्याम्प झरी कुल २४ घण्टा २६ मिनेटमा आरोहण सम्पन्न गरी विश्व किर्तिमान कायम गरेको ।
४) नाङसाल  नाङ्सल लामा, सगरमाथाको आधार शिविरबाट लगभग २२ घण्टामा सगरमाथाको सफल आरोहण गरी चौथो शिविरमा आई ल्होत्से हिमाल समेत आरोहण गरी ४७ घण्टामा सगरमाथाको आधार शिविरमा आइपुगी आरोहण सम्पन्न गरेको ।
५) दावा फिन्जोग शेर्पा, सन् २०२४ को यसै सिजनमा ८ दिनमा १३ घण्टामा ३ पटक सगरमाथा आरोहण गरेर किर्तिमान कायम गरेको । 
६) पुरुषोत्तम नेपाली, प्रहरी वरिष्ठ नायव निरिक्षक, नेपाल प्रहरीः नेपाल प्रहरी र इन्टरपोल सदस्य राष्ट्रका प्रहरी कर्मचारीहरुमध्येबाट पहिलो पटक सन् २०२३ को वसन्त ऋतुमा सगरमाथाको सफल आरोहण ।
७) सुरज पौडेल, सशस्त्र प्रहरी निरीक्षक, सशस्त्र प्रहरी बल नेपालः सशस्त्र प्रहरी बलको तर्फबाट सन् २०२४ वसन्त ऋतुमा पहिलो पटक सगरमाथा आरोहण गरेको ।

८) प्रहरी नायब उपरिक्षक, नरेन्द्र कुँवर, पर्यटक प्रहरी कार्यालय, भृकुटीमण्डपः पर्यटन विभागको फिल्ड कार्यालय सगरमाथा आधार शिविर र विभागमा बसी पर्यटकको सुरक्ष्या, अपराधको नियन्त्रण, अन्तर समन्वय, अनुगमन, नियमन तथा  जोखिममा परेका आरोहीहरुको खोज तथा उद्दारमा महत्वपूर्ण जिम्मेवारी पूरा गरेको ।
९) सशस्त्र प्रहरी निरीक्षक, कन्चन थापा, ललितपुर, सशस्त्र प्रहरी बल नेपालः पर्यटन विभागको फिल्ड कार्यालय सगरमाथा आधार शिविरमा बसी समन्वय, अनुगमन, नियमन तथा जोखिममा परेका आरोहीहरुको खोज तथा उद्दारमा महत्वपूर्ण जिम्मेवारी पूरा गरेको ।
१०) मेजर, गजेन्द्र देउवा, डडेलधुराः नेपाली सेनाः सगरमाथाको ८,८०० मिटरको उचाइमा आइस कर्निस भत्किएको हिउको धारसँगै रहेका एंकरमा चुचुरोमा रहेको ५० मिटर डोरी ल्याई डोरी टाँगी हुन सक्ने थप मानबिय जोखिमलाई न्यूनीकरण गरेको ।
११)    क्याप्टेन, दिपेन्द्र सिंह खत्री, दार्चुला, नेपाली सेनाः सन् २०२३ को नेपाली सेनाको सफा हिमाल अभियानमा संलग्न भई मे १५, २०२३ मा सगरमाथा आरोहण गरी फर्किंदै गर्दा सगरमाथाको बालकोनी भन्दा माथि फ्रस्टबाइटका कारण दुवै हातका औलाहरु गुमाउन पुगेको ।
१२) ओम्निका डंगोल, सगरमाथा आरोहण गर्ने प्रथम एयर होस्टेस ।
१३) छिरिङ पेम्बा शेर्पा, इन्टरनेशनल फेडरेशन अफ माउन्टेन गाईड्स एसोसिएसन गाइड ।
१४) पस्तेनजी शेर्र्पा, माउन्टेन गाइड, 
१५) दावा तेन्जेन शेर्पा तीनै जना गाइडहरुले सन् २०२४ को वसन्त ऋतुको मे २० को विहान करिव २ वजे ल्होत्से हिमाल आरोहण गर्दै गरेका म्यासेडोनियन 

आरोहीले मानसिक सन्तुलन गुमाएको र निजले हातको ग्लोभ्स फाली डोरीमा झुन्डिरहेको अवस्थामा मृत्युको नजिक पुगेको र निजलाई उद्दार गरी बचाएको । इतिहास शिरोमणि बाबुराम आचार्यले सगरमाथाको नेपाली नामाकरण गर्ने सम्वन्धमा महत्वपूर्ण योगदान पुयाएकम मरणोपरान्त सम्मान ।
 

परिचयपत्र 
१)    माया शेर्पा, ओखलढुङ्गा
२)    दावा स्टेफेन शेर्पा, सोलुखुम्बु
३)    मिङ्मा् ग्यावु शेर्पा, ताप्लेजुङ्ग
४)    फुन्जो झाङ्मुश लामा, गोरखा
५)    शिव बहादुर सापकोटा, रामेछाप

व्याच र परिचयपत्र
नेपाली नागरिक तर्फ

१) मिङ्मा शेर्पा, संखुवासभा
२) सरल सहयात्री पौडेल, सिन्धुपाञ्चोक
३) कर्मा तेन्जिङ्ग, काठमाडौं
४) लाक्पा शेर्पा, संखुवासभा
५) सोना शेर्पा, संखुवासभा
६) दावा याङ्जुम शेर्पा, दोलखा

विदेशी नागरिक तर्फ

१) एली पेपर, अष्ट्रेलिया, अक्सिजन बिना अन्नपूर्ण–१, मकालु, मनास्लु, ब्रोड पिक आरोहण गरेको ।
२) सिलिभया एज्ड्रिवा, बुल्गेरिया    
३) काम्या कार्तिकेयन, भारत
४) कम एस कार्तिकेयन, भारत
५) रोयल भुटान आर्मीका लप्टन दोर्जे बने सगरमाथा आरोहण गर्ने पहिलो भुटानी    
६) लिगिया मारिया मड्रिगल मोया सगरमाथा आरोहण गर्ने पहिलो कोस्टा रिकन
७) लुसिया जानिकोवास् सगरमाथाको आरोहण गर्ने पहिलो स्लोभाकियाली    

Advertisement

Advertisement