शेयर बजारद्धारा बजेट अस्वीकृत, बजेटपछिको पहिलो दिनमै नेप्सेमा भारी गिरावट

Advertisement

काठमाडौं । आगामी आव २०८१–८२ को बजेट सार्वजनिक भएको पहिलो दिनमै शेयर बजारमा निराशा छाएको छ ।

अर्थमन्त्री वर्षमान पुनले हिजो मंगलबार बजेट सार्वजनिक गरेका थिए । आशा जनाउने बजेट भनेर प्रतिक्रियाहरु आइरहँदा शेयर बजारमा भने निराशा देखिएको हो । यसले बजेटलाई शेयर बजारको अस्वीकृतिको संकेतको रुपमा हेरिएको छ । 

Advertisement

नेपाल स्टक एक्सचेञ्ज लिमिटेड (नेप्से)का अनुसार आज बजार २३.८१ अंकले ओरालो झरेको छ । एक दशमलव १२ प्रतिशतले बजार घट्दा नेप्से २१ सय अंकबाट तल झरेर २०८९.४२ अंकमा आइपुगेको छ । 
समग्रमा बजार घटे पनि वित्त समूह ०.।१४, होटल १.१३ र उत्पादनमूलक समूह २.६८ प्रतिशतले बढेका छन् । बैंकिङ समूह सबैभन्दा बढी २.८४ प्रतिशतले घटेको छ । 

undefined

आज ३१४ कम्पनीका १ करोड ७ लाख ३८ हजार १ सय ६९ कित्ता शेयर किनबेच हूँदा ४ अर्ब ५७ करोड ५० लाख ६३ हजार २ सय ७४.३९ रुपियाँ बराबरको कारोबार भयो । 

समग्रमा बजार घटे पनि चार वटा कम्पनीमा पोजेटिभ सर्किट लाग्यो । यूनिलिभर नेपाल, कालिञ्चोक दर्शन लिमिटेड, अपर लोहोरे खोला हाइड्रो र भगवती हाइड्रोका लगानीकर्ताहरुले १०–१० प्रतिशतले नाफा कमाएका हुन् । 

आज बुद्धभूमि नेपाल हाइड्रोका लगानीकर्ताहरुले सबैभन्दा बढी ९.४१ प्रतिशतले घाटा व्यहोरेका हुन् । 

यस्तै पोखरा फाइनान्सको उच्च कारोबार भएको छ । उक्त कम्पनीको १९ करोड ५२ लाख १० हजार ६सय ६५.५० रुपियाँ बराबरको कारोबार भएको नेप्सेले जनाएको छ । 

साताको पहिलो दिन आइतबार २२.१४ अंकले बजार घट्दा ४ अर्ब ४४ करोड १५ लाख ३८ हजार ४ सय ७१.७० रुपियाँ  र बजेठको अघिल्लो दिन सोमबार ३.९३ अंकले बजार उचालिंदा ३ अर्ब ८९ करोड ३७ लाख ६४ हजार १ सय ४३.९३ रुपियाँ बराबरको कारोबार भएको थियो । 

हिजो मंगलबार गणतन्त्र दिवसको सार्वजनिक बिदाका कारण शेयर बजार बन्द रहेको थियो ।  

Advertisement

Advertisement