महालक्ष्मी विकास बैंकको राजापुर शाखा स्थानान्तरण

Advertisement

काठमाडौँ । महालक्ष्मी विकास बैंकको राजापूर शाखा राजापूर नगरपालिकाको वडा नं ४ मेन चोकमा स्थानान्तरण भएको छ । 

आज आयाजित एक विशेष कार्यक्रमका बीच उक्त शाखाको उद्घाटन संयुक्त रुपमा राजापूर नगरपालिकाका प्रमुख शिवप्रसाद चौधरी र यस बैंकका सञ्चालक दिपक रौनियारले गरेका हुन् । 

Advertisement

शाखाको उद्घाटन समारोहमा स्थानीय तहका प्रतिनिधिहरू, उद्योगी, व्यापारी, विभिन्न संघसंस्थाका प्रमुख तथा नागरिक समाजका अगुवाहरुको बाक्लो उपस्थिति रहेको थियो । 

बैँकका प्रमुख कार्यकारी अधिकृत बोधराज देवकोटाले उक्त समारोहमा बैंकले गर्दै आएको विभिन्न गतिविधिहरुबारे प्रकाश पारे । उनले बैँकले आफ्ना ग्राहकको आवश्यकतालाई उल्लेख्य रुपमा सम्बोधन गर्दै आगामी दिनमा बैंकले अझै उत्कृष्ट गुणस्तरिय सेवा प्रदान गर्ने प्रतिवद्धता व्यक्त गरे ।  
 

Advertisement

Advertisement