काठमाडौंको एभरेष्ट होटलमा  ‘१५औँ इक्यान मल्टी डेस्टिनेसन एजुकेशनल फेयर’ शुरु

Advertisement

काठमाडौँ । नेपाल शैक्षिक परामर्श संघ (इक्यान) को आयोजनामा आज काठमाडौँको एभरेष्ट होटलमा एकदिने ‘१५औँ इक्यान मल्टी डेस्टिनेसन एजुकेशनल फेयर, २०२४’ शुरु भएको छ । 

उक्त कार्यक्रम आज बिहान १० बजेदेखि साँझ ०५ बजे सम्म आयोजना हुने आयोजकले जानकारी दिएका छन् । 

Advertisement

इक्यानका अध्यक्ष शेषराज भट्टराईले कोरोना महामारीपछि पहिलो पटक भौतिक रूपमा मेला आयोजना गरिएको बताए । ‘नेपाली विद्यार्थीहरूलाई स्वदेशी एवम् विदेशी शिक्षा प्रणाली, प्राप्त योग्यताको भावी सम्भावना र असरबारे पर्याप्त सूचना प्रवाह, शैक्षिक संस्थामा प्राप्त हुनसक्ने छात्रवृत्ति, सुविधा तथा जानकारी एवम् परामर्श सेवा प्रदान गर्ने उद्देश्यले मेला आयोजना गरिएको हो’, उनले भने । 

undefined

अध्यक्ष भट्टराईले विद्यार्थीको उच्च शिक्षाको सपना साकार गर्न शैक्षिक मेला महत्वपूर्ण माध्यम हुने विश्वास व्यक्त गरे । मेलामा विद्यार्थीले विशेष गरी विश्वका विभिन्न शिक्षण संस्था, तिनका शैक्षिक प्रणाली, पाठ्यक्रम, भर्ना प्रक्रियालगायतका विषयमा जानकारी प्राप्त गर्नेछन् । साथै विभिन्न देशका प्रतिनिधिहरूसँग पनि साक्षात्कार गर्न पाइने इक्यानले जनाएको छ ।

विद्यार्थी, अभिभावक तथा सरोकार भएकाहरू गरी १५ हजारभन्दा बढीले मेला अवलोकन गर्ने अपेक्षा गरिएको आयोजकले जनाएको छ । ‘मेला अन्तर्राष्ट्रिय मापदण्डअनुरूप तयार पारिएका शिक्षण सामग्री र परामर्श प्रदान गरेर नेपाली विद्यार्थीको ज्ञान, सीप र बौद्धिक क्षमतामा उल्लेखनीय वृद्धि गर्ने अवसर बन्नेछ’, अध्यक्ष भट्टराईले भने । 

Advertisement

Advertisement