श्री एयरलाइन्समा बलियो इन्जिन भएकाले आज मानवीय क्षति हुन पाएनः अनिल मानन्धर

Advertisement

काठमाडौं । श्री एयरलाइन्सका प्रवन्धक अनिल मानन्धरले बलियो इन्जिन भएकाले बुधबार श्री एयरलाइन्सको २२३ उडान नम्बर रहेको जहाज सुरक्षित अवतरण गर्न सफल भएको बताएका छन् । कर्पोरेट नेपालसँगको कुराकानीमा उनले श्री एयरलाइन्सको जहाजको इन्जिन जेट इन्जिनपछिको दोस्रो बलियो इन्जिन भएको बताए । 

काठमाडौैंबाट धनगढीका लागि चालक दलका सदस्य र यात्रुसहित ८७ जना लिएर उडेको श्री एयरलाइन्सको जहाजको एउटा इन्जिनमा समस्या भएपछि अर्को इन्जिनमा सञ्चालन गरी त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सुरक्षित अवतरण गराइएको थियो । 

Advertisement

मानन्धरले आज धनगढीका लागि उडेको श्री एयरलाइन्सको जहाज इन्जिनकै कारण सुरक्षित अवतरण हुन सकी मानवीय क्षति हुन नपाएको बताए । उनको भनाई जस्ताको तस्तैः

जहिले पनि जहाज उड्नु अघि जहाजलाई प्राविधिकहरुले चेकजाँच गर्ने गर्छन् । चेकजाँच गरेर पठाइएको जहाजमा समेत कहिलेकाहीं समस्या आउनसक्छ । आज काठमाडौंबाट धनगढीका लागि उडेको श्री एयरलाइन्समा समस्या देखियो । फेरि सहज अवतर गर्न पनि हामी सफल भयौं । 

जहाजमा दुई वटा इन्जिन हुन्छन् । एउटा इन्जिनले काम नगरेको अवस्थामा अर्कोले काम गर्नुपर्ने हुन्छ । अन्य जहाजको तुलनामा श्री एयरलाइन्सको इन्जिन मजबुत छ । एउटा इन्जिनले काम नगरे पनि जहाजको दोस्रो इन्जिनको मद्दतले आज ८७ जना यात्रुहरुको ज्यान जोगिन सफल भएको छ ।

यात्रु सवार भएको अवस्थामा श्री एयरलाइन्सको प्लेन उडेर माथि आकाशमा पुगेर फेरि जमिनमा ल्याण्ड गर्न समस्या नहुनुको पछाडी यसमा भएको मजवुत इन्जिनकै सहायताले हो । जहाज उडे पनि फेरि झर्ने बेलामा इन्जिनको मद्दत चाहिन्छ । यस्तो बेलामा अन्य इन्जिन भएको भए ल्याण्ड गर्न केही समस्या परथ्यो । श्री एयरलाइन्समा जडान भएको इन्जिन जेट इन्जिनपछिको दोस्रो बलियो इन्जिन हो ।   

बेला बेलामा जहाजमा समस्या किन आउँछ ?
कुनै पनि जहाजमा कहिल्यै पनि समस्या नदेखिने भन्ने त हुँदैन । अन्तर्राष्ट्रिय रुपमा पनि केहिले काहीं जहाजमा समस्या आएको खबर हामीले पाउने गछौं । यसमा मुख्य कुरा भनेको जहाज उडनु अगाडी नै यसका प्राविधिकले जहाजमा समस्या छ वा छैन् ? भनेर हेर्ने गर्छन् । सोही चेकजाँचका लागि हामीले प्राविधिक, इन्जिनियर खटाउने गर्छौं । 

अहिले जहाजमा समस्या यही कारण आएको हो भनेर पहिचान भइसकेको छैन् । जहाजमा आएको समस्या पहिचान हुन नसक्नुमा जहाज उडने बेलासम्म ठिक थियो र आकाशमा एक्कासी इन्जिनमा समस्या आयो । समस्या आएपछि जहाज त्रिभुवन विमानस्थलमा नै अवतरण गराइयो । अहिले हाम्रा प्राविधिकहरुले त्यसमा अध्ययन गर्दै हुनुहुन्छ । 

हामीले जेट इन्जिन भएको जहान पनि चलाइरहेका छौं । यस जहाजमा भने अहिले क्यू फोर हन्ड्रेड इन्जिन जडान भएको छ । उक्त इन्जिन पनि निकै बलियो इन्जिनका रुपमा चिनिन्छ । एउटा इन्जिनले काम नगर्दा अर्को इन्जिनले मात्रै विमानलाई नियन्त्रण गर्न सक्नु भनेको ठूलो कुरा हो ।

कुनै पनि जहाजहरु चेकजाँच नभई उड्दैन । पाइलटले सिधै जहाज उडाउने होइन । हाम्रो नियामक नागरिक उड्यन प्राधिकरणको नियमअनुसार नै प्राविधिकको अनुमति बिना पाइलटले जहाज उडाउँदैनन्। यसमा उडिसकेपछि समस्या आउने कुरा चाहीं हिट भएको कारण हुनसक्छ । यस्तो अवस्थामा सबैभन्दा नजिकको विमानस्थलमा नै विमानलाई लाने गरिन्छ । तर, हाम्रो जहाज जहाँबाट उडेको हो, त्यहीं ल्याउन सफल भएका छौं ।

हाम्रो एयरक्राफ्ट अन्य एयरक्राफ्टको तुलनामा मजबुत छ । अहिले यही अवस्थामा अन्य जहाज भएको भए काठमाडौं ल्याउन किनै समस्या पर्थ्यो । तर, श्री एयरलायन्स काठमाडौंमै आउन सफल भएको छ । यसबाट जहाजलाई समस्या आउँदैआउँदैन भन्न हामीले सक्दैनौ । तर समस्या आएपछि पनि हामीले धेरै जना प्राविधिक राखेको र अर्को इन्जिनले साथ दिएकाले जहाजलाई काठमाडौं ल्याउन सफल भयौं । 

Advertisement

Advertisement