बीमा क्षेत्रमा पहिले  कर्मचारी तानातान, मर्जरमा जानथालेपछि जागिर धरापमा

Advertisement

काठमाडौं । केही समयअघिसम्म बीमा क्षेत्रमा कर्मचारीको तानातानको अवस्था थियो । तर अहिले बीमा क्षेत्रका कर्मचारीहरुमा जागिर जाने त्रास बढ्न थालेको छ । यसको मुल कारण मर्जरको सुरुवात हो। 

बीमा समितिले पुँजी बढाउनुपर्ने शर्त अघि सारेसँगै बीमा कम्पनीहरु मर्जरमा जान एकपछि अर्को सम्झौता गर्न थालेका छन् । कम्पनीहरु मर्जरमा जाने तयारी गरेसँगै कर्मचारीहरुको जागिर जोखिममा पर्ने देखिएको हो । 
 
कम्पनीहरुले मर्जरमा जाने तयारी गर्दा कर्मचारी छनोटमा समस्या उत्पन्न भएको छ । जीवन बीमा कम्पनीमा आवद्ध कर्मचारीहरुले त्यस्तो समस्या राजधानी बाहिरका कर्मचारीहरुमा बढि देखिएको बताएका छन् । 

Advertisement

सिमित शाखा सञ्जाल हुने मात्र नभई राजधानी बाहिर बीमा कम्पनीमा काम गर्ने अवसर समेत सिमित नै भएकाले यस्तो समस्या देखिएको उनीहरुको विश्लेषण छ ।

सानिमा लाइफ इन्स्योरेन्स कम्पनीका सूचना अधिकारी गुणराज श्रेष्ठ भन्छन्, ‘म केही दिनअघि राजधानी बाहिर जाने मौका मिलेको थियो । त्यति बेला मैले विभिन्न कर्मचारीहरुसँग भेट्ने मौका पाएँ । अहिले बीमा कम्पनीहरुलाई मर्जरको अवश्यकता भएर धमाधम मर्जर सम्झौता भइरहेका छन् । यस्तो बेलामा धेरै कर्मचारीहरु रोजगारी गुम्ने चिन्तामा रहेको पाइयो ।’

उनले काठमाडौं लगायत देशका मुख्य शहरहरुमा बीमा कम्पनीहरुको शाखा संख्या धेरै भएकाले त्यस्तो ठाउँमा भने यस्तो समस्या केही कम हुने बताए । तर, शहरी क्षेत्रबाट केही पर रहेका कार्यालयहरुमा भने समस्या सिर्जना भएको श्रेष्ठको भनाई छ । 

यता बीमा समितिले मर्जर बीमा बजारको आवश्यकता भएकाले बीमा कम्पनीहरुलाई मर्जरमा सहजीकरण गर्दै आएको भन्दै कर्मचारी व्यवस्थापनको पाटोमा उत्पन्न समस्याको सकेसम्म समाधान गर्दै जाने बताएको छ । 

मर्जरमा जाने कम्पनीहरुमा कर्मचारीहरुको रोजगारी जोखिममा परेको बेला कम्पनीहरुले योग्य कर्मचारीहरुलाई प्राथमिकता दिने बताएका छन् । बीमा समिति पनि योग्य र क्षमतावानलाई प्राथमिकता दिनुपर्ने पक्षमा देखिन्छ । बीमा क्षेत्रका आशा र संभावना देखेर आएका नवप्रवेशी युवाहरुलाई पछिल्लो स्थितिले निराशा देखिएको छ । 

विगतमा कर्मचारी तानातानको अवस्था सिर्जना गरेका 
बीमा कम्पनीहरुले थारै काम सिकेका र दक्षता कम रहेका कर्मचारीहरुलाई समेत बढुवा गराउने आश्वासन दिएका थिए । समितिले कर्मचारीको तानातान अस्वस्थ प्रतिस्पर्धा भएकोले त्यस्तो नगर्न सचेत समेत गराएको थियो । 

Advertisement

Advertisement