‘सिजी इलेक्ट्रोनिक्सको यसपछिको योजना भनेकै देशभर मिनि आउटलेटहरु खोल्ने हो’

Advertisement

नेपालमा विभिन्न लोकप्रिय ब्राण्डका इलेक्ट्रिोनिक्स सामान बिक्री गर्ने सिजी इलेक्ट्रोनिक्सले आफ्नो बिक्री सञ्जाललाई अझै बढाउँदै सबै मुख्य शहरहुँदै ग्रामीण क्षेत्रसम्म पुर्याउने योजना बनाएको छ । चौधरी समूहअन्तर्गतको यो विभागले आफैले काठमाडौंसहितका स्थानमा २१ वटा सुविधासम्पन्न शोरुम खोलिसकेको छ भने त्योबाहेक सिजी इलेक्ट्रोनिक्सअन्तर्गतका ब्राण्डहरुको बिक्री गर्ने खुद्रा बिक्रेताहरु देशभर सयौं छन् । सिजीको बिक्री योजनाबारे सिजी इलेक्ट्रोनिक्सका वरिष्ठ व्यवस्थापक वसन्त पालसँग गरिएको छोटो कुराकानीः

सिजी इलेक्ट्रोनिक्स अहिले शोरुम विस्तार गर्ने क्रममा छ । कति पुग्यो अहिले शोरुमको संख्या ? 
शोरुमको संख्याको कुरा गर्दा २१ वटा पुग्यो अहिलेसम्म । शोरुममा पनि रिटेलको कुरा गर्दा हाम्रो दुई वटा फर्मेट छ । एउटा हाम्रो एलजी शपी पनि हो । त्यो चाहीं एक्सक्लुसिभ एलजी प्रोडक्टका लागि हो । दोस्रो फर्मेट भनेको हाम्रो सिजी डिजिटल हो । यो भनेको मल्टिब्राण्ड शोरुम हो । त्यहाँ एलजी हुन्छ । सिजी हुन्छ । टिसिएल हुन्छ । त्यहाँ केन्ट राख्छौं । एलिका राख्छौं । भनेको १२ वटा भन्दा धेरै ब्राण्ड सिजी डिजिटलमा हुन्छ । 

Advertisement

तपाईंहरुले आफ्नो शोरुमभन्दा बाहेक पनि रिटेल बिक्री गर्दै आउनु भएको छ ? त्यसको नेटवर्क कस्तो छ ? 
अरु नेटवर्क पनि राम्रो छ । अरु भनेको हाम्रो डिलर नेटवर्क हो । हाम्रो प्रिफर ट्रेड पार्टनरहरु हुन्छ । अनलाइन पनि छ । अनलाइनको माध्यमबाट पनि हामीले बिक्री गरिरहेका छौं । रिटेल नेटवर्क भनेको ग्राहकको चाहना र मागअनुसार हुने कुरा हो । किनभने ग्राहक त जहाँसुकै हुनसक्छन् । हाम्रो हाइभ्यालु प्रोडक्टहरुको एक्सपेरियन्स उहाँले कहाँबाट पाउनुहुन्छ ? त्यहाँ हाम्रो नेटवर्क हुन्छ । हाम्रो दक्ष म्यानपावर छ हामीसँग, उनीहरुले ग्राहकहरुलाई राम्ररी ट्रन गर्छ । ब्रिफ गर्छ । राम्ररी भिजोलाइज गर्छ । त्यसको लागि पनि हामीले रिटेल नेटवर्क विस्तार गरिरहेको हो । रिटेलमा अफर र प्रोमोशनको कुरा आउँछ, जुन हामीले समय समयमा दिइरहेका हुन्छौं । रिटेल भनेको कम्पनीमार्फत सञ्चालित व्यवसाय भएकाले हामीहरुले कम्पनीकै नम्समा रन गछौं । हामीले इभेन्टहरु पनि गरिरहेका हुन्छौं, भीआईपी इभेन्टहरु । लोयल्टी प्रोग्राम पनि भइरहेको हुन्छ । 

तपाईंहरुकोमा किस्तावन्दी फाइनान्सको सुविधा पनि छ होइन ? 
हो । ईएमआई सुविधाका लागि हाम्रो १० वटाभन्दा बढी बैंकसँग सहकार्य छ । ग्राहकले ती बैंकसँग एशोसियट भएर हाम्रो शोरुममा आउँदा शुन्य प्रतिशतमा ईएमआई पाउनुहुन्छ, त्यो पनि छ महिनादेखि १८ महिनाको किस्तावन्दीमा । त्यो त ठूलो फाइदा हो ग्राहकको लागि । अझ अहिलेको समयमा झन ठूलो बेनेफिट हो । 

तपाईंहरुले काठमाडौं उपत्यका बाहिर पनि शोरुमहरु विस्तार गर्ने योजना बनाउनुभएको छ । कस्तो छ यो योजना ? 
शोरुमहरु विस्तार गछौं हामी । अहिले हाम्रो धेरै शोरुम काठमाडौं उपत्यकामा छ । त्यसपछि इटहरी, विराटनगर, हेटौंडा, भरतपुरमा हाम्रो उपस्थिति छ । हाम्रो व्यवस्थापनको योजना के छ भने सक्दो छिटो हरेक प्रदेशमा हाम्रो उपस्थिति हुनुपर्यो । हाम्रो एलजी शपी, सिजी डिजिटल हुनुपर्यो । 

तपाईंहरुले खोलेका शोरुममा ग्राहकलाई छुट सुविधा चाहीं के के हुन्छ ? 
नयाँ शोरुम खोल्दा अतिरिक्त छुट दिन्छौं । अरु छुट भइहाल्छ । हामी गिफ्टहरु दिन्छौं ग्राहकहरुलाई । शुन्य प्रतिशत ईएमआई, निःशुल्क डेलिभरी, निःशुल्क इन्टलेशनको कुरा छ । 

शोरुमहरुमा काम गर्ने जनशक्ति कति पुग्यो अहिले ? 
सबै शोरुममा गरेर १५० जनाभन्दा धेरै म्यानपावर छ । फुल्ली ट्रन स्टाफहरु हो उनीहरु । हामीले उनीहरुलाई सिधै शोरुममा राख्दैनौं । उनीहरुलाई पहिला प्रोपर ट्रेनिङ हुन्छ । प्रोडक्ट ट्रनिङदेखि लिएर कस्टोमर केयरसम्मको कुरा हुन्छ । कस्टोमरलाई कसरी सेवा दिने, कसरी प्रोडक्टका बारेमा बताउने ? कुरामा मात्रै सीमित हुन्न, ग्राहकले कुनै सामान किनेपछिको सेवा महत्वपूर्ण हुन्छ अहिले । एक पटक हाम्रो सर्भिस सेन्टरको मानिस गएर सामान इन्टलेशन गरेपछि पनि ग्राहकलाई चलाउन आएन वा कुनै सामान किनेर लगेपछि चलाउने आइडिया भएन भने हाम्रो कर्मचारीलाई उनीहरुको घरमै पठाएर कसरी चलाउने ? सबै सिकाएर आउँछौं । अर्को पटक पनि त्यही भयो भने गएर सर्भिस दिन्छौं । हाम्रो बिक्रीपछिको सेवा यति इन्लाइन हुन्छ, आजको दिनमा हाम्रो अधिकांश रिपिटेड कस्टोमर हुनुहुन्छ । उहाँहरुले नै आफ्नो छिमेकी, साथीभाई रिफर गरेर अरु कस्टोमर आउनुहुन्छ । यो भएको कारण हाम्रो ट्रेन म्यानपावर र बिक्रीपछिको सेवा कै कारण हो । 

अहिले तपाईंहरुले बिक्री गर्ने सामानमा नयाँ आएका प्रोडक्ट पनि होला । नयाँ आउनेवाला पनि होला ? के के छन् त्यस्ता प्रोडक्ट ? 
नयाँ प्रोडक्टको कुरा गर्दा एलजी ओलिडकै कुरा गरौं । यो सबे शोरुममा उपलब्ध छ । एलजीको इन्स्टाभ्यू रेफ्रिजिरेटर प्रिमियम प्रोडक्ट हो । विश्व बजारमा उपलब्ध सबै प्रोडक्ट हाम्रो शोरुममा होस भनेर हामी प्रयास गछौं । एयर प्युरिफायर छ विभिन्न ब्राण्डमा । हाम्रो इन्हाउस सिजी ब्राण्डमा म्यारिडिया भन्ने प्रिमियम ब्राण्ड यसअघि नै लन्च गरिसकेको हो । यसअन्तर्गत ७५ इन्चसम्मको टिभीहरु छ । वासिङ मेशिन, रेफ्रिजिरेटर आदि शोरुममा राखेका छौं । एलिकाको कुरा गर्दा चिम्नी हब, कुकिङ रेन्जहरु छन् । हाम्रो फोकस भनेको नयाँ र प्रिमियम प्रोडक्ट हो । प्रिमियम प्रोडक्ट राख्दा एउटा निश्चित क्याटागोरीका ग्राहकहरुले त्यही नै खोज्छन् । अहिले मानिसको जीवनशैली परिवर्तन भइरहेको छ । त्यही कारण बजार पनि परिवर्तन भएको छ । उनीहरुको जीवनशैलीमा सामाजिक सञ्जालले पनि प्रभाव पारेको छ जसका कारण उनीहरु हाइटेक, एडभान्स प्रोडक्टहरु लिउँ भन्नेमा देखिन्छन् । अहिले धेरै प्रोडक्ट मोवाइलबाट सञ्चालन गर्न सकिने पनि छन् । अधिकांश ब्राण्डमा यो सुविधा छ । ग्राहकको दैनिक जीवनलाई कसरी सहज गर्ने ? भन्ने कुराबाट हाम्रा सबै ब्राण्डका प्रोडक्टहरु परिस्कृत हुँदै आएका छन् । ग्राहकले कार्यालयमा बसेर घरको एयर कन्डिस्नर सञ्चालन गर्नसक्छ । घर पुग्दा आफूलाई चाहिएको तापक्रम बनाइराख्न सकिन्छ । वासिङ मेशिन घरबाट अन गरेर गएर अफिसमा पुगेर अफ गर्न सकिन्छ । रेफ्रिजिरेटर पनि त्यही हो । डिसवाटर नेपाली बजारमा नयाँ हो । हामीले यो प्रोडक्ट ल्याएको तीन बर्ष भइसक्यो । विस्तारै ग्राहकहरुलाई यसबारेमा थाहा हुँदै गएको छ । 

बजारमा त अहिले निकै प्रतिस्पर्धा छ । नयाँ नयाँ सामान पनि आएका छन् । तपाईंहरुलाई कत्तिको चुनौति छ ? 
मार्केट कम्पिटिशनको कुरा गर्दा च्यालेन्स चाहीं छ । त्यसैका कारण हाम्रो तर्फबाट दुई वटा कुरामा जोड छ । एउटा हो प्रिमियम प्रोडक्टमा फोकस । त्यो च्यानलमा सबैले गर्दैन् । प्रिमियम प्रोडक्टमा हाम्रो प्रतिस्पर्धी कोही पनि छैन् । त्यसपछि स्ट्रिमलाईन प्रोडक्टको कुरा गरौं जुन नियमित तरिकाले जान्छ । त्यसमा हाम्रो मूल्यभन्दा पनि गुणस्तर हो । सिजी ब्राण्ड जुन हाम्रो घरभित्रको प्रोडक्ट हो, यसको मोटो नै छ ‘वेष्ट प्रोडक्ट अन एफोडेवल प्राइस ।’ हरेक घरपरिवारमा सिजीका प्रोडक्ट पुगोस भन्ने हाम्रो चाहना हो । किनभने सबैले महंगो सामान किन्न सक्नुहुन्न । त्यसकारण हामीले मार्केट बुझेर र अध्ययन गरेर स्टार्टिङ प्राइसरेन्जदेखि मिडरेन्ज र हाइयररेन्जका प्रोडक्ट र ब्राण्ड हामीले राखेका छौं । नयाँ नयाँ ब्राण्ड पनि थप गरिरहेका छौं । त्यसकारण प्रतिस्पर्धाभन्दा पनि पायनियर हौं भनौं न हामी यसमा । किनभने हामीले हरेक क्याटागोरीका प्रोडक्ट दिएका छौं । एउटा मात्रै छैन् हामीसँग । 

दुई बर्ष कोभिडको प्रभावपछि अहिले बजार सहज हुँदै गएको छ । तपाईंहरुको बिक्री कस्तो छ अहिले ? 
कोभिडपछिको बिक्री दर निकै नै राम्रो हो । धेरै राम्रो पिकअप भएको हो । तर पछिल्लो समय वित्तीय क्षेत्रमा तरलता संकुचनको कारण प्रभाव परेको छ । हाम्रो विजनेश धेरै डाउन भएको त होइन् । तर केही असर भने परेको छ । तर यो चाँडै करेक्शन हुन्छ भन्ने हाम्रो विश्वास छ । चाँडै कभर गछौं । 

केही छ थप भन्नुपर्ने वा भावी योजनाबारे ? 
हाम्रो योजना भन्दा शोरुम विस्तार नै हो जुन सुरुमा पनि भनें । कस्टोमर एक्सपेरियन्सका लागि हामी के भन्छौं भने जति पनि नेपाली उपभोक्तालाई हाम्रो शोरुमहरु भ्रमण गर्नुस् । उहाँहरु आएपछि थाहा हुन्छ कस्तो कस्तो प्रोडक्ट नेपाली बजारमा छ । कसरी हाम्रो दक्ष र अनुभवी कर्मचारीहरुले तपाईंहरुसँग डिल गर्छ ? कस्टोमर सर्भिर र आफ्टर सेल्स सर्भिस हाम्रो शोरुमबाट कसरी प्रदान गछौं ? भन्ने कुरा हेर्नुहोस् । हामी त्यसमा पूर्णरुपमा केन्द्रीत छौं । हाम्रो सबैभन्दा ठूलो च्यालेन्स र फोकस नै नेपालभरी हाम्रो शोरुमहरु कसरी पुर्याउने ? भन्ने हो । एक–दुई प्रदेशमा मात्रै होइन्, हरेक ठाउँमा पुर्याउने योजना हो । 

तपाईंहरुको शोरुम शहरकेन्द्रीत देखिन्छ । ग्रामीण क्षेत्रमा पुर्याउने योजना छैन् ? 
त्यही नै हो हाम्रो योजना । सेकेण्ड एक्सटेन्शन प्लान भनेकै ग्रामीण क्षेत्रमा कसरी पुग्ने ? भन्ने हो । अहिले शहरी क्षेत्रमा कभर गरिरहेका छौं । अब हामी प्रमुख शहरलाई केन्द्रीत गर्दै शोरुमहरु विस्तार गछौं । त्यसपछिको योजना भनेको मिनि आउटलेट हो । त्यस्तो शोरुमहरु धेरै ठूलो हुँदैन् । ग्रामीण क्षेत्रका ग्राहकलाई लक्षित गरेर ती शोरुम खुल्छन् । अहिले शहरी क्षेत्रमा खोल्ने शोरुमको सरदर क्षेत्रफल पाँच हजार वर्गफिट हो । यसपछिको विस्तार भनेको साना शहरहरुमा दुई हजार वर्गफिटको शोरुम हुन्छ । मुख्य मुख्य प्रोडक्टहरु त्यहाँ हुन्छ जहाँ ग्रामीण क्षेत्रका ग्राहक पनि सजिलै आएर आफूलाई चाहिएको प्रोडक्ट किन्न सकुन् । 

Advertisement

Advertisement