रिभेरा इन्टरनेसनल एकेडेमीः भूकम्प प्रतिरोधी भवन र स्मार्ट कक्षा कोठामा विद्यार्थीहरुलाई आधुनिक शिक्षा
काठमाडौं । रिभेरा इन्टरनेसनल एकेडेमी राजधानीको चाबहिलस्थित मैजुबहालमा अवस्थित छ । ‘एक्काइसौं शताब्दीको शिक्षा, हाम्रो प्रतिवद्धता’ भन्ने नाराका साथ यस विद्यालयले प्लस टूसम्मको शिक्षा संचालन गरिरहेको छ ।
भौतिक संरचनाको हिसाबमा पनि अब्बल रहेको रिभेरा इन्टरनेसनल आफ्नै भूकम्प प्रतिरोधात्मक भवनमा विद्यार्थीहरु अध्ययन गर्छन् । २०७२ सालको विनाशकारी भूकम्पपछि हरेक क्षेत्रले बलियो भौतिक संरचना र सुरक्षित घर निर्माणलाई ध्यान दिँदै आएको छ । भूकम्पीय सुरक्षालाई आफूहरुले निकै ध्यान दिएको रिभेराका प्रिन्सिपल प्रज्ववल कोइरालाको भनाई छ ।
उनले स्मार्ट कक्षा कोठा तथा ई–लाइब्रेरीको माध्यमबाट विद्यालयले प्रविधियुक्त शिक्षाको सुनिश्चितता गरेको पनि बताए । विद्यार्थीहरुलाई खोजी तथा अनुसन्धानका सिकाईमा समेत संलग्न गराउने भएकाले रिभेरा विद्यार्थी तथा अभिभावकको रोजाई बन्न पुगेको हो ।
विद्यार्थीहरुको मूल्यांकन गर्नका लागि विद्यालयले निरन्तर मूल्यांकन प्रणाली (सीएएस) प्रयोग गर्ने गरेको जानकारी दिँदै कोइरालाले अतिरिक्त क्रियाकलापमा समेत विद्यालयको सक्रियता रहँदै आएको छ । विभिन्न १३ वटा विधामा अतिरिक्त क्रियाकलाप संचालन हुने गर्छ । त्यस्तै, प्रिस्कुल तहमा मन्टेश्वरी विधिबाट शिक्षण गरिन्छ ।
२०६७ सालको एसएलसी परीक्षामा सतप्रतिशत विशिष्ठ श्रेणी र औसतमा ७० प्रतिशत भन्दा बढी विशिष्ट श्रेणी प्राप्त गरी सबै बर्षमा विद्यार्थीहरु सत प्रतिशत उत्रिण गर्न सफल विद्यालयको रुपमा रिभेरा इन्टरनेसनल स्थापित छ ।
विदेशी विद्यालयको समन्वयमा शिक्षक तथा विद्यार्थीहरुका लागि विभिन्न तालिम कार्यक्रम समेत आयोजना गर्दै आएको यस विद्यालयले गरिब तथा जेहेन्दार विद्यार्थीहरुलाई सत प्रतिशतसम्मका छात्रवृत्तिहरुको समेत व्यवस्था गरेको छ । प्रिन्सिपल काइरालाले विज्ञान, व्यवस्थापन, मानविकी तथा कानुन संकायमा प्लस टुको शिक्षा संचालन भइरहेको जानकारी दिए ।