एक करोड २३ लाख कित्ता शेयर नेप्सेमा सूचीकृत, बोनस र हकप्रद कति ?

Advertisement

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज लिमिटेड (नेप्से) मा १ करोड २३ लाख ७ हजार कित्ता शेयर सूचीकृत भएको छ । 

दुई कम्पनीको बोनस शेयर र एक कम्पनीको हकप्रद नेप्सेमा सूचीकृत भएको हो । 

Advertisement

यसैक्रममा आँखुखोला जलविद्युत कम्पनीले शेयरधनीहरुलाई प्रदान गरेको १५० प्रतिशत हकप्रद बापतको १ करोड २० लाख कित्ता शेयर सूचीकृत भएको छ । 

यता, कर्पोरेट डेभलपमेन्ट बैंकले शेयरधनीहरुलाई प्रदान गरेको ५ प्रतिशत बोनस बापतको २ लाख ५० कित्ता र समाज लघुुवित्तले शेयरधनीहरुलाई प्रदान गरेको १४.२५ प्रतिशत बोनस बापतको २८ हजार ५ सय कित्ता शेयर पनि आजै नेप्सेमा सूचीकृत भएको छ । 

त्यसैगरी एनएलजी इन्स्योरेन्सको शेयर मूल्य समायोजन भएको छ । कम्पनीले शेयरधनीहरुलाई ६२.५६ प्रतिशत बोनस शेयर दिने भएपछि प्रतिशेयर मूल्य रु. ८६२.१८ कायम गरिएको छ । यसअघि रु. १३३९ थियो । 

समायोजन गरिएको मूल्यबाट भोलिदेखि नै शेयर कारोबार हुने नेप्सेले जनाएको छ ।   
 

Advertisement

Advertisement