ग्लोबल रिचले मंसिर २ मा ‘अष्ट्रेलिया एडमिसन डे’ आयोजना गर्ने, के के छन् आकर्षण ?

Advertisement

काठमाडौं । शैक्षिक परामर्श सेवा प्रदायक संस्था ग्लोबल रिचले आउँदो नोभेमबर १७ (मंसिर २)मा ‘अष्ट्रेलिया एडमिसन डे’ आयोजना गर्ने भएको छ । 

ग्लोबल रिच नेपालको कार्यालय डिल्लीबजारमा आयोजना हुने यस शैक्षिक मेलामा अष्ट्रेलियाका १५ भन्दा धेरै शैक्षिक संस्थाका प्रतिनिधिहरुलाई भेटेर विद्यार्थीले परामर्श लिन र जिज्ञासाहरु राख्न सक्नेछन् । 

Advertisement

अष्ट्रेलियामा पढ्न जाने विद्यार्थीहरुले छात्रवृत्ति, शैक्षिक कार्यक्रम, भर्ना प्रक्रिया, इन्टेक र अरु कुराहरु जान्नसक्ने यस कार्यक्रममा अभिभावक र विद्यार्थीहरु सहभागी हुन सक्छन् । अष्ट्रेलियामा स्नातक, स्नातकोत्तर तथा विद्यावारिधि गर्न चाहने विद्यार्थीहरुका लागि यो परामर्श लिने र जिज्ञासाहरु राख्ने यो राम्रो अवसर भएको ग्लोबल रिचको भनाई छ । 

मेला बिहान ११ बजे सुरु भएर अपरान्ह ४ बजेसम्म चल्नेछ । 

के के छन् आकर्षण ? 
–    एकै ठाउँमा १५ भन्दा बढी विश्वविद्यालयका प्रतिनिधिसँग भेट गर्न सकिने
–    ती विश्वविद्यालयका प्रतिनिधिसँग अन्तरक्रिया गर्न सकिने 
–    नेपाली विद्यार्थीहरुलाई सतप्रतिशतसम्म छात्रवृत्तिको अजवसर
–    भर्नाका लागि आवश्यकताबारे जान्न र भर्ना गर्न सकिने 
–    भर्ना शुल्क निःशुल्कको अफर
–    अध्ययनपछि काम गर्ने अवसरहरुबारे जान्न सकिने
–    सहभागी विद्यार्थीलाई आईईएलटीएस, पीटीई, स्याटका कक्षामा ५० प्रतिशतसम्म छुट
सहभागी हुने संस्थाहरु
१. युनिभर्सिटि अफ वेष्र्टन अष्ट्रेलिया
२. कर्टिन युनिभर्सिटि
३. भिक्टोरिया युनिभर्सिटि
४. ला ट्रोभ युनिभर्सिटि
५. ईसीए
६. युनिभर्सिटि अफ साउर्थन अष्ट्रेलिया
७. कपलान विजनेस स्कुल
८. सेन्ट्रल क्न्सिल्याण्ड युनिभर्सिटि
९. युनिभर्सिटि अफ मेल्बोर्न
१०. अष्ट्रेलिया क्याथोलिक युनिभर्सिटि
११. साउर्थन क्रस युनिभर्सिटि
१२. एडिथ कोवान युनिभर्सिटि
१३. अष्ट्रेलियन इन्ष्टिच्युट अफ म्युजिक
१४. यूटीएस कलेज
१५. फाइन्डर्स युनिभर्सिटि
१६. इन्जिनियरिङ इन्ष्टिच्युट अफ टेक्नोलोजी

Advertisement

Advertisement