काठमाडौं । विद्युतीय सवारी साधन (ईभी) निमाृण गर्ने चिनियाँ कम्पनीले आफ्नो उत्पादनको माग र बिक्रीमा भारी गिरावट आएपछि कारखाना बन्द गरेको छ ।
कारन्यूज चाइना डटकमका अनुसार विश्वबजारमा नै नेटाको माग र बिक्रीमा भारी गिरावट आएपछि कम्पनी होजोन अटोले कारखाना बन्द गरेर कर्मचारीहरुको तलब सुविधामा भारी कटौती गरेको हो ।
कम्पनीका अध्यक्ष फाङ युङजाउले आफ्नो कम्पनी अहिले अस्तित्वको लडाइँ लगिरहेको बताएका छन् । नेटाको झेइजियाङस्थित कारखानाबाट कार उत्पादन बन्द भएपछि यो कार किनिसकेका विश्वका थुप्रै मुलुकका सयौं ग्राहकहरु समस्यामा पर्ने देखिएको छ । नेपालमा चौधरी समूहले यो कार बिक्री गर्दै आएको छ । नेपालमा पनि नेटा खरीद गर्नेको संख्या सयौंको संख्यामा रहेको छ । कारखाना बन्द हुँदा यसप्रति उनीहरुको विश्वसनीयता र पार्टपुर्जाको सहज उपलब्धतालाई लिएर प्रश्न उठ्ने अवस्था बनेको छ ।
चीनमा नेटाले कारखाना बन्द भएसँगै यसको प्रवरद्र्धन पनि बन्द गरेको छ । सन् २०१८ मा स्थापना भएको यस कम्पनीले सस्तो हुँदै पछिल्लो समयमा प्रिमियम मूल्यका कारहरु उत्पादन गर्न थालेको थियो । तर छोटो समयमा नै कम्पनी असफल हुँदा विश्वबजारमा नेटा मात्रै नभएर अन्य चिनियाँ ईभी निर्माता कम्पनीहरुप्रतिको विश्वसनीयतामा नै प्रश्न उठ्ने अवस्था सिर्जना भएको छ ।
यो पनि पढ्नुहोस्ः
Chinese automaker Neta reportedly halts production and cuts salaries