मंगलबारदेखि कतार एयरले पनि भैरहवा उडान गर्ने

Advertisement

काठमाडौं। कतार एयरवेजले नोभेम्बर १२ (कात्तिक २७)देखि दोहा–भैरहवा उडान गर्ने भएको छ । 

भैरहवास्थित गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलका महाप्रबन्धक प्रतापबाबु तिवारीका अनुसार कतार एयर एयरवेजले दोहा–भैरहवा उडान गर्न नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान)सँग उडान अनुमति मागेको छ । 

Advertisement

उक्त वायुसेवाले हप्तामा सातै दिन उडान गर्नेगरी अनुमति मागेको हो । प्राधिकरणले उडान अनुमति दिए कतार एयर एयरवेजले यही आउने मंगलबारदेखि दोहा–भैरहवा उडान गर्नेछ । 

कतार एयरवेजलाई मंगलबारबाट उडान गर्ने गरी अनुमति दिने तयारी गरिरहेको प्राधिकरणले जनाएको छ । भैरहवाबाट यही कार्तिक १८ गतेदेखि थाइ एयर एसिया, जजिरा एयरवेज, फ्लाइ दुबई र नेपाल वायुसेवा निगमले व्यवसायिक उडान थालेका छन् ।

Advertisement

Advertisement