काठमाडौं । नेपालको सबैभन्दा ठूलो र प्रतिष्ठित शैक्षिक परामर्श सेवा प्रदायक संस्था एईसीसी ग्लोबलले यही आउँदो मंसिर ११ र १३ गते राजधानी काठमाडौं र पोखरामा शैक्षिक मेला गर्ने भएको छ ।
‘मल्टि डेष्टिनेसन एजुसकेसन फेयर’ नाम दिइएको यस मेलामा उच्च शिक्षा अध्ययन गर्न विदेश जान चाहने विद्यार्थीले अष्ट्रेलिया, यूके, न्यूजिल्याण्ड, क्यानडा, यूएसएका उत्कृष्ट विश्वविद्यालयहरुमा सतप्रतिशतसम्म छात्रवृत्तिका बारेमा परामर्श गर्न सक्नेछन् ।
साथै, सहभागी विद्यार्थीले आईईएलटीएस, पीटीई, स्याटको कक्षामा ६० प्रतिशतसम्म छुट पनि पाउने छन् । दिमाखी खेलहरु खेलेर आकर्षक उपहारहरु जित्न सकिने यस शैक्षिक मेलामा अष्ट्रेलियाका लागि निःशुल्क हवाई टिकट जित्न अवसर पनि मिल्नसक्छ ।
काठमाडौंमा मंसिर ११ मा आयोजना हुने शैक्षिक मेला बिहान ११ बजेदेखि अपरान्ह ४ बजेसम्म डिल्लीबजारस्थित एईसीसी ग्लोबलको कार्यालयमा आयोजना हुनेछ भने पोखरामा मंसिर १३ गते बिहान ११ बजेदेखि अपरान्ह ४ बजेसम्म पोखरा ट्रेड मल (एईसीसीको पोखरा अफिस)मा आयोजना हुनेछ ।