काठमाडौँ । वाणिज्य बैंकहरुमा असार महिना शुरु भएपछि कूल निक्षेप ३२ अर्बले बढ्दा कर्जा लगानी ९ अर्बले घटेको छ ।
नेपाल बैंकर्स संघले आज प्रकाशित गरेको तथ्याङ्क अनुसार असार १७ गतेसम्म कूल निक्षेप बढेर ४४ खर्ब ३२ अर्ब पुगेको छ ।
जेठ मसान्तसम्म भने कूल निक्षेप ४४ खर्ब थियो । बैशाख मसान्तसम्म उक्त निक्षेप ४३ खर्ब ७० अर्ब थियो ।
यसैगरी असार महिना शुरु भएपछि (१७ गतेसम्म) कूल कर्जा लगानी घटेर ४१ खर्ब ८४ अर्बमा झरेको छ ।
जेठ मसान्तसम्म भने कर्जा लगानी ४१ खर्ब ९३ अर्ब थियो । बैशाख मसान्तसम्म उक्त कर्जा लगानी ४१ खर्ब ९१ अर्ब थियो ।