काठमाडौं। नेपाल आयल निगमले हवाई इन्धनको मूल्य रु. ५ ले बढासँगैै निजी क्षेत्रका वायुसेवा सञ्चालकहरुले हवाई भाडा वृद्धि गरिएको छ । नेपाल वायुसेवा सञ्चालक संघले बुधबार आन्तरिक उडानमा नयाँ भाडादर सार्वजनिक गरेको हो ।
नयाँ भाडादर अनुसार काठमाडौंबाट माउन्टेन फ्लाइट १७० रुपियाँले वृद्धि गरिएको छ भने काठमाडौं–भद्रपुर १५०, काठमाडौं–विराटनगर १२५, काठमाडौं–जनकपुर ६५, काठमाडौं–भरतपुर ५५, काठमाडौं–पोखरा ८०, काठमाडौं–भैरहवा एक सय, काठमाडौं–नेपालगन्ज १६५, काठमाडौं–धनगढी २२०, काठमाडौं–तुम्लिङटार ९५, काठमाडौं–सिमरा ४५, काठमाडौं–सुर्खेत १७०, काठमाडौं–राजविराज एक सय रुपियाँले हवाई भाडा वृद्धि गरिएको छ ।
नयाँ हवाई भाडादर आषाढ २३ गतेदेखि लागू हुने संघले जनाएको छ।