काठमाडौँ । वाणिज्य बैंकहरुमा साउन महिनामा कूल निक्षेप १ खर्ब ८ अर्ब रुपियाँ घटेको छ ।
नेपाल बैंकर्स संघले आज प्रकाशित गरेको तथ्याङ्क अनुसार साउन महिनाको साता ६३ अर्ब, दोस्रो साता २८ अर्ब, तेस्रो साता ४ अर्ब, चौथो साता (साउन २७ गतेसम्म) कूल निक्षेप २५ अर्बले घटेर ४४ खर्ब २१ अर्बमा झरेको थियो । तर साउन ३१ गतेसम्म आईपुग्दा १२ अर्बले निक्षेप बढेर ४४ खर्ब ३३ अर्ब पुगेको छ ।
गत आव आव २०७८/७९ को अन्तिम महिना असार मसान्तसम्म कूल निक्षेप ४५ खर्ब ४१ अर्ब रहेको थियो ।
त्यसैगरी साउन महिनामा कूल लगानी २ अर्ब बढेको छ । पहिलो साता कूल लगानी १० अर्ब, दोस्रो साता १ अर्बले निक्षेप घटेको थियो । तेस्रो साता २ अर्बले र चौथो साता ९ अर्बले कर्जा लगानी बढेको थियो भने साउन ३१ गतेसम्म आईपुग्दा थप २ अर्ब निक्षेप बढेर ४१ अर्ब ७७ अर्ब पुगेको छ ।
गत आवको अन्तिम महिना असार मसान्तसम्म कूल कर्जा लगानी ४१ खर्ब ७५ अर्ब पुगेको थियो ।