नेपाल बैंकले छ बर्ष चार महिना २० दिने निक्षेपमै दोब्बर दिने, रेमिटान्स खाता झन आकर्षक

Advertisement

काठमाडौं । पैसा कमाउन मानिसहरुले जोखिमपूर्ण क्षेत्रमा पनि लगानी गर्छन् । मानिसलाई आफूले परिश्रम गरेर आर्जन गरेको पैसा सुरक्षित होस भन्ने चाहना एकातिर चाहना हुन्छ भने अर्कोतर्फ त्यो पैसाबाट बढी प्रतिफल लिन सकियो भन्ने स्वार्थ पनि हुन्छ । 

सुरक्षासँगै आकर्षण प्रतिफल दिन बैंकहरुबीच प्रतिस्पर्धा नै चल्ने गरेको छ । त्यस्तै, एउटा आकर्षण योजना सरकारी स्वामित्वको नेपाल बैंकले ल्याएको छ । नेपाल बैंकले सञ्चालन गरिरहेको ‘नेपाल बैंक डबल धमाका’ योजनाअन्तर्गत मुद्दती निक्षेपमा जम्मा गरेको रकममा दोब्बर रकम पाइन्छ । 

Advertisement

दोब्बर रकम प्राप्त गर्नका लागि ग्राहकले तोकिएको निश्चित समय रकम बैंकमा राख्नुपर्ने हुन्छ । नेपाल बैंकले नेपाली नागरिकले छ बर्ष चार महिना २० दिनको मुद्दती निक्षेप राख्दा दोब्बर रकम दिनेछ भने विदेशबाट रेमिटान्स पठाउनेलाई भने पाँच बर्ष ११ महिना दुई दिनमै सो सुविधा दिनेछ । व्यक्तिगत निक्षेपकर्ताले २५ हजार रुपियाँभन्दा माथि यस्तो निक्षेप राख्नसक्छन भने संस्थागत निक्षेपकर्ताले भने कम्तिमा तीन लाख रुपियाँ निक्षेप राख्नुपर्ने हुन्छ ।  

बैंकका अधिकारीहरुले अन्य बैंकले पनि यस्ता योजना सञ्चालन गरे पनि नेपाल बैंकले जस्तो सुविधा अरुले दिन नसकेको दावी गर्छन् । दीर्घकालका लागि लगानी गर्ने र बढी प्रतिफल खोज्ने ग्राहकहरु सरकारी बैंकले यति आकर्षक सुविधा दिएको संभवतः पहिलो हो । 

नेपाल राष्ट्र बैंकले संस्थागतभन्दा व्यक्तिगत मुद्दती निक्षेपमा दुई प्रतिशत ब्याजदर बढी दिनुपर्ने व्यवस्था गरेको छ । त्यस्तै, संस्थागत निक्षेप राख्दा दोब्बरका लागि आठ बर्ष एक महिना अवधिको व्यवस्था गरिएको छ । 

त्यस्तै, धेरैभन्दा धेरै रेमिटान्स रकम भित्राउन नेपाल बैंकले विदेशबाट रेमिटान्स पठाउनेहरुलाई लक्षित गरेर सञ्चालनमा ल्याएको रेमिट्यान्स मुद्दती खातामा व्यक्तिगत बचतको तुलनामा एक प्रतिशत ब्याजदर बढी र संस्थागतभन्दा तीन प्रतिशत बढी ब्याज दर सुविधा दिएको छ । 

पाँचै वर्ष ११ महिना दुई दिनमा दोब्बर रकम पाइने भएकाले विदेशमा बस्नेहरु यस योजनामा बढी आकर्षित हुने विश्वास नेपाल बैंकको छ । यस योजनामा पाँच लाख रुपियाँसम्मको क्रेडिट कार्ड सुविधा पनि छ । 

नेपालको पहिलो बैंक नेपाल बैंकमा धेरै समूहको लगानी रहेकाले पनि ग्राहकको विश्वास धेरै रहेको सो बैंकको भनाई छ । बैंकले निजी क्षेत्रका बैंकको जस्तै सुविधा दिएका कारण पछिल्लो समय ग्राहकहरु सरकारी बैंकमा आकर्षित हुन थालेको जनाएको छ ।

अनलाइनमार्फत समेत खाता खोल्न सकिने रेमिटान्स खाताबाट रकम आदान प्रदानमा सहज भएकाले यो निकै चल्तीमा आएको नेपाल बैंकले भनाई छ । नेपाल बाहिर गएर विदेशमा खाता खोल्न नसक्ने ग्राहकले समेत नेपालमा रहेका आफन्तमार्फत खाता खोल्न आग्रह गर्ने गरेको बैंकको भनाई छ । हाल रेमिट्यान्सको मुद्दती खाताका लागि बैंकले १२ दशमलव ०३ प्रतिशत व्याज दिँदै आएको छ । 

Advertisement

Advertisement