दशैंपछिको साता वाणिज्य बैंकहरुमा ८ अर्बले बढ्यो निक्षेप, कर्जा लगानी स्थिर

Advertisement

काठमाडौँ । वाणिज्य बैंकहरुमा दशैं बिदा पछिको एक सातामा निक्षेप ८ अर्बले बढ्दा कर्जा लगानी भने स्थिर रहेको छ ।  

नेपाल बैंकर्स संघले आज प्रकाशित गरेको तथ्याङ्क अनुसार वाणिज्य बैंकहरुमा (असोज २८ गतेसम्म) कूल निक्षेप बढेर ४५ खर्ब १९ अर्ब पुगेको छ । असोज महिनाको २८ दिनमा भने ३३ अर्ब निक्षेप बढेको छ ।  

Advertisement

चालु आवको साउन महिनामा कूल निक्षेप ४४ खर्ब ३३ अर्ब र भदौ महिनामा कूल निक्षेप ४४ खर्ब ८६ अर्ब थियो । गत आव आव २०७८/७९ को अन्तिम महिना असार मसान्तसम्म कूल निक्षेप ४५ खर्ब ४१ अर्ब रहेको थियो ।

संघका अनुसार (असोज २८ गतेसम्म) कूल कर्जा लगानी बढेर ४१ खर्ब ९३ अर्बमा स्थिर रहेको छ । असोज महिनाको २८ दिनमा भने कर्जा लगानी ३ अर्बमात्रै बढेको देखिन्छ ।   

चालु आवको साउन महिनामा कूल कर्जा लगानी ४१ अर्ब ७७ अर्ब र भदौ महिनामा कूल कर्जा लगानी ४१ खर्ब ९० अर्ब थियो । गत आवको अन्तिम महिना असार मसान्तसम्म कूल कर्जा लगानी ४१ खर्ब ७५ अर्ब थियो ।

असोज २८ गतेसम्म वाणिज्य बैंकहरुको औसत सीडी रेसियो ८६.९६ प्रतिशत रहेको संघले जनाएको छ । 

Advertisement

Advertisement