मध्यराति डोटीमा ६.६ म्याग्निच्युडको शक्तिशाली भूकम्प, केहीको ज्यानको गएको अनुमान

Advertisement

काठमाडौं । डोटीमा मंगलबार राति २ बजेर १२ मिनेटमा ६.६ म्याग्निच्यूडको शक्तिशाली भूकम्प गएको छ । राष्ट्रिय भूकम्प मापन केन्द्रले डोटी केन्द्र भएर राति भूकम्प गएको जनाएको हो । 

यसअघि मंगलबार दुई पटक डोटी केन्द्र भएर दुई पटक भूकम्प गएको थियो । मंगलबार बेलुकी नै खग्रास चन्द्र ग्रहण लागेको थियो । यसरी भूकम्प जानुमा खगोलीय पिण्डहरु सिधा रेखामा पर्नुको प्रभाव हुनसक्ने देखिन्छ । 

Advertisement

भूकम्पले डोटीमा थुप्रै घरहरु भत्किएको र केहीको ज्यानसमेत गएको हुनसक्ने अनुमान गरिएको छ । सो क्षेत्रमा अहिले उद्दारका लागि सुरक्षाकर्मीलाई परिचालन गरिएको छ । 

Advertisement

Advertisement