ज्यान मुद्दामा दीपक मनाङ्गेलाई पाँच बर्षको जेल सजाय

Advertisement

काठमाडौं । गण्डकीका साँसद समेत रहेका गुण्डा नाइके दीपक मनाङे (राजिव गुरुङ)लाई सर्वोच्च अदालतले पनि ज्यान मार्ने उद्योगमा दोषी ठहर गरेको छ ।

मंगलबार न्यायाधीश नहकुल सुवेदी र टेकप्रसाद ढुंगानाको इजलासले यसअघि तत्कालीन पुनरावेदन अदालत (हालको उच्च अदालत) पाटनले गरेको फैसलालाई सदर गरेको हो ।

Advertisement

उक्त पुनरावेदन अदालत पाटनले मनाङेलाई २०६९ सालमा ५ वर्ष कैद सजाय सुनाएको थियो । २०६१ सालमा चक्रे मिलनमाथि आक्रमण गरेको आरोपमा मनाङेसहितको समूहका सदस्यलाई ज्यान मार्ने उद्योगमा मुद्दा चलेको थियो । 

सर्वोच्चको यो फैसलासँगै मनाङ्गेले आफ्नो साँसद पद गुमाउनुका साथै आगामी चुनावमा प्रतिस्पर्धा गर्ने अवसरबाट पनि बन्चित हुने भएका छन् । 

Advertisement

Advertisement