एमाले राष्ट्रवादी शक्ति भएको ओलीको दावी, ‘देशी विदेशी मिलेर हामीलाई हराउन लागे’

Advertisement

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी ओलीले देशको स्वाभिमान जगाउने पार्टी एमालेमा मात्रै भएको दावी गरेका छन् । सुर्खेतको चुनावी सभामा आइतबार उनले देशी विदेशी शक्ति मिलेर एमाले हराउन गठबन्धन गरेको आरोप पनि लगाए ।

ओलीले भने, ‘देशी विदेशी शक्ति मिलेर एमालेका विरुद्ध गठबन्धन र षड्यन्त्र गरिरहेका छन् । एमालेलाई घेराबन्दी गर्न खोजिरहेका छन् । तर, मैले भन्ने गरेको छु । सयवटा स्यालले पनि एउटा सिंहलाई घेराबन्दी गर्न सक्दैन ।’ 

Advertisement

उनले सत्ता गठबन्धनको कुनै लक्ष्य र भिजन नभएको टिप्पणी गर्दै एउटै घोषणापत्र ल्याउन नसक्नेले देशको विकास गर्छु भन्ने भ्रममा नपर्न आग्रह गरे । गठबन्धन दलले छुट्टाछुट्टै कार्यक्रम ल्याएर जनतामा भ्रम फैलाउन खोजेको ओलीको भनाई छ । 

एमाले राष्ट्रवादी शक्ति भएको दावी गर्दै उनले आगामी निर्वाचनमा राष्ट्रवादी शक्तिलाई विजयी गराउन आग्रह गरे । ओलीले गठबन्धन स्वार्थहरूको जोडजाड भएको भन्दै उम्मेदवारसमेत उठाउन नसक्ने दलले देश हाँक्न नसक्ने तर्क गरे । 

Advertisement

Advertisement