माया खोला हाइड्रोपावरको आईपीओ शुक्रबारदेखि, कसले भर्न पाउँछन् ?

Advertisement

काठमाडौं । माया खोला हाइड्रोपावर लिमिटेडले मंसिर २३ गतेदेखि शुक्रबारदेखि साधारण शेयर (आईपीओ) निष्काशन गर्ने भएको छ। 

कम्पनीले पहिलो चरणमा आयोजना प्रभावित स्थानीयलाई १० लाख कित्ता र श्रम स्वीकृति लिई विदेशमा कार्यरत नेपाली श्रमिकलाई  २ लाख ४० हजार कित्ता आईपीओ निष्काशन गर्न लागेको हो । 

Advertisement

कम्पनीले संखुवासभा जिल्लाका आयोजना प्रभावित स्थानीय र श्रम स्वीकृति लिई विदेशमा कार्यरत नेपाली श्रमिकलाई मङ्सिर २३ गतेदेखि आईपिओ निष्काशन गर्न लागेको हो ।

उक्त कम्पनीको आईपीओमा स्थानीयहरुले छिटोमा पुस ८ गतेसम्म र ढिलोमा पुस २४ गतेसम्म आवेदन दिन सक्ने छन् । नेपाली श्रमिकले भने पुस ८ गतेसम्म मात्र आवेदन दिन पाउने छन् । 

बिक्री प्रबन्धक प्रभु क्यापिटलका अनुसार आयोजना अति प्रभावित क्षेत्र चैनपुर नगरपालिका वडा नम्बर ८ र ९,  धर्मदेवी नगरपालिकाका वडा नम्बर ३, ४ र ५ र मादी नगरपालिकाका वडा नम्बर ४ र ६ का स्थानीयलाई ६ लाख कित्ता र प्रभवित क्षेत्रको रुपमा रहेका चैनपुर , धर्मदेवी र मादी नगरपालिकाका उल्लेखित वडा बाहेक अन्य वडाका स्थानीयलाई ४ लाख कित्ता शेयर निष्काशन गर्न लागिएको हो ।   

नेपाली श्रमिकहरुका लागि २ लाख ४० हजार कित्ता आईपीओ छुट्याइएको छ । कम्पनीले संखुवासभामा १४.९ मायाखोला जलविद्युत आयोजना निर्माण गरिरहेको जनाएको छ ।

Advertisement

Advertisement