ब्रतवन्धका लागि गएको बस दुर्घटना हुँदा काभ्रेमा १७ जनाको मृत्यु

Advertisement

काठमाडौं । काभ्रेको बेथानचोकस्थित चलाल गणेशस्थानमा मंगलबार साँझ बस दुर्घटना हुँदा १७ जनाको मृत्यु भएको छ । उनीहरुमध्ये केहीको घट्नास्थलमा, केहीको शीर मेमोरियल अस्पताल र धुलिखेल अस्पतालमा  मृत्यु भएको प्रहरीको भनाई छ । 

बनेपाबाट ब्रतबन्धका लागि बेथानचोकको च्याल्टी पुगेर फर्किने क्रममा बा ३ ख ४३८५ नम्बरको बस दुर्घटना भएको हो । काभ्रेका प्रमुख जिल्ला अधिकारी हुमकला पाण्डेका अनुसार सेना र प्रहरीले घाइते तथा मृतकहरुको उद्दार भइरहेको छ । बसमा कति सवार थिए ? यकिन नभएको उनले बताएकी छन् । 

Advertisement

उद्दारका क्रममा डोजरको समेत प्रयोग गरिएको थियो । 

Advertisement

Advertisement