माघमा निर्जीवन बीमा व्यवसायमा झण्डै नौ प्रतिशतको वृद्धि (कुन कम्पनीको कति ?)

Advertisement

काठमाडौं । गएको माघमा निर्जीवन बीमा कम्पनीहरुको बीमाशुल्क २६ करोड रुपियाँले बढेको छ । गत आर्थिक वर्षको माघमा दुई अर्ब ७२ करोड रुपियाँ मात्रै बीमाशुल्क आर्जन गरेका यी कम्पनीहरुले चालु बर्षको माघमा दुई अर्ब ९८ करोड रुपियाँ आर्जन गरेका हुन् । 

माघमा सबैभन्दा धेरै बीमाशुल्क शिखर इन्स्योरेन्सले आर्जन गरेको छ । सो कम्पनीले ३२ करोड ७९ लाख रुपियाँ बीमाशुल्क आर्जन गरेको छ । त्यस्तै, दोस्रोमा राष्ट्रिय बीमा कम्पनीले २९ करोड पाँच लाख रुपियाँ  र तेस्रोमा एनएलजी इन्स्योरेन्सले १९ करोड ९० लाख रुपियाँ बीमाशुल्क आर्जन गरेका छन् । 

Advertisement

नेपाल बीमा प्राधिकरणका तथ्यांकशास्त्री वसन्त बोहोराले माघ महिनाको निर्जीवन बीमा व्यवसायको वृद्धि असाधारण नभएको बताए । उनले भने, ‘गत बर्षको माघ महिनाको तुलनामा यसपटक निर्जीवन बीमा कम्पनीहरुको व्यवसाय करिब ९ प्रतिशतले बढेको छ । यो वृद्धि भनेको साधारण वृद्धि हो । असाधारण होइन् । कुनै बीमा कम्पनीले ठूला व्यवसाय हात पार्दा व्यवसायमा फेरबदल आइहाल्छ । 

हेर्नुस् कुन कम्पनीको बीमाुशल्क कति ?


 

Advertisement

Advertisement