नर्सरी व्यवसाय १२ बर्षे अनुभव हासिल गरेका ताराबहादुर भन्छन्– ‘हाइब्रिड नै बढी बिक्छ

Advertisement

काठमाडौं । विगत १२ वर्षदेखि ताराबहादुर थापा नर्सरी व्यवसायका क्षेत्रमा पूरानो र अनुभवी नाम हो । बुढानीलकण्ठमा दीक्षा नर्सरी सञ्चालन गर्दै आएका उनले १० लाख रुपियाँ लगानीबाट व्यवसाय सुरु गरेका हुन् ।  

नर्सरीबाट वार्षिक १० देखि १२ लाख रुपियाँसम्मको आम्दानी लिँदै आएका थापाले पाँच जनालाई रोजगारी पनि दिएका छन् । उनले आफ्नो नर्सरीमा रहेका फूल र फलका बिरुवा स्थानीयले निकै मन पराउने गरेको बताए । थापा भन्छन्, ‘धेरैले बारीमै आएर लैजान्छन् । राजधानीबाहेक पोखरा, चितवन, बुटवल, सिमरामा पनि पठाउने गरेको छु ।’
 
तीन सयभन्दा बढी प्रजातीका बोटबिरुवा उत्पादन गर्दै आएका उनको नर्सरी छ रोपनी क्षेत्रफलमा रहेको छ । उनले फूल र बिरुवा उब्जाउन हल्याण्ड, चीन, इण्डियाबाट बीउ आयात गर्ने गर्छन् । नर्सरीमा बिरुवा उमार्न र उम्रेका बिरुवा रोप्न स्थायी ठाउँमा लैजाँदा अन्त्यन्त स्याहार गर्नुेपर्ने अनुभव सुनाउँदै थापाले आफूले हाइब्रिड जातका बिरुवाहरु उमार्ने गरेको बताए । 

Advertisement

फूल फूल्ने मौसम फागुनदेखि बैशाखसम्म र भदौदेखि मंसिरसम्म मान्छि । हाइब्रिड जातले सानो बोटमा कम समयमा फल दिने हुँदा यस्ता जातका बिरुवामा आफूले जोड दिने गरेको उनले बताए । थापाले विशेषगरी शहरी क्षेत्रमा थोरै ठाउँ वा गमलामा रोपेर पनि फल लिन सकिने भएकाले यस्ता प्रजातीको बिरुवा उपभोक्ताले पनि बढी मन पराउने गरेको बताए ।  

थापाको नर्सरीमा सुन्तला, अम्बा, कागतीका बरुवा धेरै बिक्री हुन्छन् । सानो ठाउँमा पनि कागतीले बाह्रै महिना फल दिने भएकाले यसको बिक्री बढी हुने गरेको उनको भनाई छ । कोरोना महामारीपछि त्यति राम्रो व्यवसाय गर्न नसकेका थापाले पछिल्लो समयमा भने राम्रै व्यवसाय गर्न थालेका छन् ।

Advertisement

Advertisement