महिलाले उत्पादन गरेका सामानहरुको प्रवर्द्धन गर्दै महिला उद्यमी सोनी जोशी

Advertisement

काठमाडौं । सोनी जोशी महिला उद्यमी हुन्, जसले लामो समयदेखि साना महिला उद्यमीहरुले तयार गरेका धातु तथ छालाका सामानहरु किनेर बिक्री गर्दै आएकी छन् । उनको कम्पनी न्यानो ह्याण्डिक्राफ्ट प्रालीले यो काम गर्दै आएको छ । जोशीले १५ बर्षदेखि हिराको पनि व्यापार गर्दैआएकी छन् । 

आफू पनि रोजगार हुने गरी साना तथा घरेलु उद्यम सञ्चालन गरी सामान उत्पादन गर्ने महिलाहरुलाई आफूले बनाएका सामानहरु बिक्री गर्न बजारको समस्या नहोस भनेर आफूले सामान किन्ने र थोरै नाफा राखेर बिक्री गरिदिने काम उनले गर्दै आएकी छन् । 

Advertisement

जोशी महिला उद्यमी महासंघकी कार्यकारी सदस्य पनि हुन् । उनले आफूले महिला उद्यमीहरुको सामान किनेर उनीहरुलाई प्रवर्द्धन गर्दै आएको बताइन् । उनी भन्छिन्, ‘विशेषगरी ग्रामीण क्षेत्रमा महिलाहरुले निर्माण तथा उत्पादन गरेका सामग्री बजारसम्म ल्याउन पुलको काम गर्दै आएको छु ।’

नेपाल उद्योग परिसंघले राजधानीमा आयोजना गरेको महिलाहरुद्धारा उत्पादित सामग्रीहरुको प्रदर्शनीमा जोशीको कम्पनीले पनि सहभागिता जनाएको थियो । विगत आठ वर्षदेखि महिलाको सीप विकासका लागि क्रियाशील रहँदै आएकी उनले यस व्यवसायमा २० लाख रुपियाँ लगानी गरेकी छन्, जसबाठ उनलाई मासिक करिव ६० हजार रुपियाँ नाफा हुने गरेको छ । 

व्यवसाय सुरु गर्दाताका निकै कठिनाई हुने गरे पनि अहिले त्यो स्थिति नरहेको सुनाउँदै जोशीले भनिन्, ‘उत्पादन भएका सामग्री देशभित्रै बिक्री गर्ने कठिनाई भएपछि महिला व्यवसायले कसरी जीवनयापन गर्ने ? कसरी उनीहरुको कला र सीपको संरक्षण र विकास हुन्छ ? भत्तmपुरका महिलाले घरमै धातुका भाँडाकुँडा, थाल, पाथी निर्माण गर्ने, रंगरोगन गर्ने, बुट्टा कोर्ने काम गर्छन् । त्यसलाई हामीले संरक्षण र प्रवर्द्धन गर्दै आएका छौं ।’

कोरोना महामारीअघि चीन, रुस, पोल्याण्ड जस्ता देशमा धातुका सामग्रीहरुको प्रर्दशनी गर्दै आएको सुनाउँदै जोशीले नेपाली सामानको प्रर्दशनी देख्दा विदेशीले पनि राम्रो प्रतिक्रिया जनाउने गरेको सुनाइन् । महिला उद्यमी महासंघलगायतका संस्थाले पनि यस्ता प्रदर्शनीहरु आयोजना गर्ने गरेबाट नेपाली हस्तकला र शिल्पकलाका सामानहरुले बजार राम्रो पाउने गरेको उनको भनाई छ । 

Advertisement

Advertisement