पशुपंक्षीको दाना चोकरमा भन्दा तीन गुणा बढी प्रोटिन पाइने घाँस उत्पादन गर्दै हेम श्रेष्ठ

Advertisement

काठमाडौं । वैदेशिक रोजगारीमा केही बर्ष बिताएपछि ‘आफ्नै मुलुकमा केही गर्छु’ भनेर फर्किएका हेमकुमार श्रेष्ठ घाँस उत्पादन गरी बेच्ने फरक खालको व्यवसाय गर्दै आएका छन् । 

नेपाल फर्किएपछि ‘एजोला नेपाल’ नामक व्यवसायिक फर्म दर्ता गरे र पानीमाथि उम्रने र कुखुरा, बाख्रा, टर्की गाई, भैंसी जस्ता घरपालुवा जनावरका लागि उपयोगी घाँस उत्पादन गर्दै आएका छन् । 

Advertisement

यो घाँसले दाना चोकरमा पाइने भन्दा दुई गुणा बढी प्रोटिन दिनुका साथै औषधिको समेत काम गर्ने श्रेष्ठले बताए । दाना चोकरको मूल्य आकाशिएको बेला सोभन्दा सस्तो र  प्रोटिनको मात्रा २५ देखि ३५ सम्म हुने उनले बताए । 

अहिलेको विषम आर्थिक स्थितिका कारण बढी लगानी गर्दा डुक्ने जोखिम भएकाले थोरै थोरै लगानी बढाउँदै गएको भन्दै श्रेष्ठले एजोला घाँसको बीउ एक हजार पाँच सय र उत्पादन गरेको घाँसको एक किलोको एक हजारमा बिक्री गर्दै आएको बताए । काठमाडौं बाहिर पोखरामा समेत शाखा खोलिसकेका उनले घाँस व्यवसायबाट मासिक एक लाख रुपियाँको कारोबार गर्ने गरेको बताए । 

‘मस्क्युटो फन’ एजोलाको वैज्ञानिक नाम हो । देशभरी एजोलाका सात प्रजाती उपलब्ध छन् । श्रेष्ठले भने, ‘जनावरका लागि मात्र नभई इन्डोनेसिया, जापान जस्ता देशका मानिसले यसलाई खानाको रुपमा लिने गरेको देखिन्छ ।’

विगत तीन वर्षदेखि घाँस खेती गर्दै आएका उनले एक पटक ल्याएको घाँसको बीउबाट आजसम्म पनि घाँस उत्पादन हुँदै आएको बताए । दुध दिने गाई, भैंसीका लागि दुध बढाउने गरेको श्रेष्ठले बताए । यो छिटो विकसित हुने घाँसको प्रजाती हो । 

पानीमा गोबर, एसएसपी नामक मल राख्ने र घाँसको एजोला घाँसको बीउ हालेको १२ देखि १५ दिनमा घाँस उम्रन थाल्छ । जाडोको समयमा भने हुर्किन केही बढी समय लाग्छ । एजोला घाँसको फर्ममा कृषि पढिरहेका विद्यार्थीहरु पनि अध्ययन अनुसन्धानका लागि आउने गरेको श्रेष्ठले सुनाए । 

एजोला घाँस र दहीको मिसावट गरि एकहप्ता गुम्साउँदा मल हुने र यसले युरिया मलको काम गर्ने उनले बताए । नेपालमा कृषि पेशा गर्ने रहेक कृषकले कृषि सँगै एजोला घाँसको पनि खेती गर्न आवश्यक रहेको बताए । हिमाली भेगबाहेकका जिल्लाहरुमा यसको खेती गर्न सकिन्छ । 

Advertisement

Advertisement