जबरजस्ती करणी गरी गाउँ डुलिरहेका दुई जना पक्राउ

Advertisement

काठमाडौं । प्रहरीले बर्दियामा जबरजस्ती करणमा संलग्न दुई जनालाई पक्राउ गरेका छन् । एक १८ बर्षीय युवतीलाई जबरजस्ती करणी गर्ने आरोपीहरु गाउँमा हिंडिरहेको अवस्थामा प्रहरीले पक्राउ गरेको हो । 

आइतबार (हिजो) बेलुका ७ बजे आफ्नै घरमा बसिरहेकी एक युवतीलाई बर्दिया ठाकुरबाबा नगरपालिका– ६ तुल्सीपुर बस्ने बर्ष २४ को विनोद परियार र २० बर्षका नमराज परियारले ललाईफकाई घुम्न जाने प्रलोभन देखाई मोटरसाइकलमा राखेर नजिकैको सामुदायिक वनमा जबरजस्ती करणी गरेको प्रहरीको भनाई छ । 

Advertisement

इलाका प्रहरी कार्यालय बगनाह भुरिगाउँका प्रहरी निरीक्षक पवन पछाईको कमाण्डमा तत्कालै प्रहरी परिचालन गरी आज दिउसो १ बजे आरोपीहरुलाई पक्राउ गरिएको जनाइएको छ ।   
 

Advertisement

Advertisement