सरकारले आयोजनाको भुक्तानी नदिएको भन्दै प्रधानमन्त्री निवास अगाडि निर्माण व्यवसायीको धर्ना

Advertisement

काठमाडौं । सरकारले निर्माण कार्यको भुक्तानी नदिएको भन्दै आन्दोलनरत निर्माण व्यवसायीहरूले सोमबार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटार घेराउ गरेका छन् । उनीहरुले सेफ्टी हेल्मेट र ज्याकेट लगाएर प्रधानमन्त्री निवास घेराउ गरेका हुन् । 

सरकारले आयोजनाहरुको म्याद थपको आदेश दिनुपर्ने र गत आर्थिक बर्षको भुक्तानी दिनपर्ने लगायतका माग अघि सारेका छन् । व्यवसायीहरूले बिहान १० देखि ११ बजेसम्म प्रधानमन्त्री निवास घेराउ गरेका हुन् । 

Advertisement

उनीहरुले केही दिनयता निर्माण कार्यमा भुक्तानी र म्याद थप लगायतका ९ बुँदे मागसहित आन्दोलन गर्दै आएका छन् । आईतवार मात्रै सार्वजनिक खरिद अनुगमन कार्यालयमा घेराउ गरेका थिए । महासंघका अध्यक्ष रवि सिंहले निर्माण व्यवसायीहरुका माग सम्बोधन नभएसम्म प्रधानमन्त्री निवास अगाडि आजदेखि निरन्तर धर्ना दिने बताए । 

उनले लामो समयदेखि निर्माण व्यवसायीहरुलाई परेको समस्या सरकारले गम्भीर रुपमा नलिएको कारण आन्दोलन गर्न बाध्य भएको बताए । सिंहले सरकारले निर्माण आयोजनाहरुको प्रत्येक वर्ष म्याद थप गर्ने तर निर्माण आयोजनाहरु नसकिनुको प्रमुख कारण सरकारले निर्माण उद्योगलाई प्राथमिकता नदिनु भएको बताए । 

उनले सरकारले निर्माण उद्योगलाई प्राथमिकता नदिँदा निर्माण सम्पन्न भएका आयोजनाको भुक्तानी समेत नपाएको बताए । सिंहले अर्थमन्त्रालयमा अन्य विकासे मन्त्रालयबाट १० अर्बको बजेट रकामान्तर गर्ने गएको फाइल तत्काल हेरेर रकम भुक्तानी गर्नुपर्ने बताए । 

उन सरकारले सार्वजनिक खरिद ऐनको १२ संशोधनबाट म्याद थप भएका आयोजनाहरु व्यवहारिक माइलस्टोनको कारण करिव ४० अर्ब रुपियाँ बराबरको कामको बिल बनाउन नकिएको बताए । अध्यक्ष सिंहले माइलस्टोन खारेज गरी सम्पूर्ण आयोजनाहरुको म्याद थप गर्नको लागि सरकारसँग् माग गरेको बताए । 

अध्यक्ष सिंहले करिव चार खर्ब बराबरका आयोजनाहरुको म्याद थप हुन लागेको भन्दै अधिकांश योजनाहरुमा बजेट व्यवस्थापन समेत नभएको बताए । उनले सरकारले भुक्तानी गर्न नसक्ने योजनाहरु तत्काल खारेज गर्न माग गरे । 

Advertisement

Advertisement