खेती गर्ने जमिन तीन लाख हेक्टरभन्दा बढीले घट्यो, कारण– जग्गा प्लटिङ

Advertisement

काठमाडौं । नेपालमा कृषि जमिन घटेको तथ्यांकले देखाएको छ । राष्ट्रिय तथ्यांक कार्यालयले सार्वजनिक गरेको सातौं कृषि गणना २०७८ को तथ्यांकअनुसार कृषि गर्ने जमिनमा कमी आएको हो । 

विगत दुई–अढाई दशकदेखि जग्गाको खण्डिकरण गरी घडेरीको रुपमा बेचेर पैसा कमाउने प्रवृत्ति बढ्दो छ । यस्तो कार्यमा संगठिटरुपमा नै भूमाफियाहरु सक्रिय रहेको देखिन्छ । यस्तो विकृति रोक्न सरकारले भूउपयोगको नीति बनाएर मात्रै जग्गाको कित्ताकाट गर्ने निर्णय गरे पनि केही समयअघि राजश्व बढाउने नाममा कित्ताकाट खोल्ने काम भएको छ । 

Advertisement

विवरणअनुसार नेपालमा २२ लाख १८ हजार हेक्टर जमिनमा कृषि गरिएको छ । यो २०६८ सालको तुलनामा तीन लाख आठ हजार हेक्टरले कम हो । यसअघिको कृषि गणनामा २५ लाख ३१ हजार हेक्टर कृषि जमिन थियो । 

खेती गर्ने जमिन घटे पनि कृषिमा लाग्ने मानिसहरुको संख्या भने बढेको छ । २०३८ को तथ्यांकमा कृषिमा लाग्ने परिवारको संख्या ३८ लाख ३१ हजार रहेकोमा अहिले ४१ लाख ३१ हजार परिवार रहेको छ । 


 

Advertisement

Advertisement